Headlines News :
Home » » इनरुवा बन्दमा १४ जना पक्राउ

इनरुवा बन्दमा १४ जना पक्राउ

Written By Unknown on Friday, May 10, 2013 | 12:48 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

संसारकोखबर.कम  
इनरुवा, वैशाख २७ - सद्‍भावना पार्टी सुनसरीले आहृवान गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि सुनसरी सदरमुकाम इनरुवाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण इनरुवाका कुनै पनि पसलहरु खुलेका छैनन् ।
बिहानैदेखि सद्‍भावना कार्यकर्ताहरु बन्द गराउँदै हिंडेका छन् । भ्रष्टाचार नियन्त्रण लगायतका १५ बुँदे माग राखी पार्टीका केन्द्रीय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवारम यादवले ९ दिनदेखि आमरण अनसन गरिरहेको र अनसनकारीहरुको अबस्था चिन्ताजनक हुँदा पनि सरकार र स्थानिय प्रशासनले चासो नदेखाएको भन्दै सद्‍भावना पार्टी सुनसरीले सदरमुकाम इनरुवा बन्दको आहृवान गरेको हो ।
यसैबीच बन्द गराउँदै हिडेका १४ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सद्‍भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी कार्यालयमा पक्राउ परेकाहरुले स्थानिय प्रशासनविरुद्ध चर्को नारबाजी गरिरहेका छन् ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute