Headlines News :
Home » » छोरी मात्र जन्माउँदा घरै छाड्नुपर्‍यो

छोरी मात्र जन्माउँदा घरै छाड्नुपर्‍यो

Written By Unknown on Monday, March 3, 2014 | 7:43 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

विराटनगर : विराटनगर ११ बलुवाइकी २६ वर्षिया फुलकुमारी सहनीका लागि छोरी जन्माउनु नै कसुरजस्तै भइदियो। त्यसको सजायस्वरुप उनले घरै छोड्नुपर्‍यो। नौ वर्षिय मुस्कान, चार बर्षिय खुसी र अढाई बर्षिय खुस्बुलाई घरमै छोडेर उनी अर्कैको घरमा शरण लिएकी छन्। पीडित फूलकुमारी सहनीछोरी जन्माएको भन्दै पतिबाट निरन्तर यातना तथा पीडा भोग्दै आएकी फुलकुमारी ज्यान जोगाउन घर छोड्न वाध्य भएकी छन्। पति नरेश साहको यातना सहन नसक्दा उनले गत शनिबारदेखि घर छाडेकी हुन। उनी अहिले चिनजानकी दुर्गा श्रेष्ठको घरमा शरण लिएर बसेकी छन्। फुलकुमारीका पतिको यातना र मार्ने धम्की दिएपछि सुरक्षाका लागि आफुले उनलाई घरमा आश्रय दिएको दुर्गाले बताइन्। फुलकुमारीले भनिन्, 'जे गरे पनि आफ्नै पति हो भनेर नौ वर्ष सहेर बसे, अब अति भयो। अनि ज्यान जोगाउन घर छाड्नुपर्‍यो।' आफूले घर छोडेपछि छोरीहरूको विचल्ली भएको उनले बताइन्। दिनमा चार पाँचवटा घरमा सफाई गरेर त्यस बापत आएको पैसाले पति सहित छोरीहरू पाल्दै आएकी थिइन्। 'ज्यान जोगाउन मैले घर छाडे तर छोरीहरु भोकभाकै मोर्छन् कि भन्ने पीर छ, उनले भनिन्। ११ वर्ष अघि नरेशसँग विवाह फुलकुमारीले दुई वर्ष जति पतिले राम्रै व्यवहार गरेको बताइन्। 'पहिलो छोरी जन्मिपछि नै पीडा दिने क्रम सुरु भयो, उनले भनिन्, 'दोस्रो सन्तानका रु पमा पनि छोरी जन्मिएपछि झन् शारीरिक र मानसिक दिने क्रम बढ्यो। तेस्रो सन्तान पनि छोरी नै जन्मिएपछि रातदिन रक्सी खाएर आउँदै कुटपिट गर्न थाले।बाबुको यो व्यवहारबाट छोरीहरूको मनोविज्ञानमा निकारात्मक असर परेको उनले बताइन्। उनले भनिन, ' घर छाडेका दिनदेखि कान्छी छोरी खुस्बु विरामी छ, हेरचाह गर्ने कोही छैनन् भन्ने सुनेको छु।'पतिको कुटाईका कारण फुलकुमारी अहिले शारीरिक रुपमा अशक्त जस्तै छन्। पिटाईका कारण शरीरका विभिन्न भागमा चोट र निलडाम छन। ' भाटा र लाठीले कुट्थे। चक्कुले काटेका चोट समेत शरीरमा छन्, उनले भनिन्। आफुलाई कानूनी बाटो देखाइदिन उनले आग्रह गरेकी छन। उनले भनिन, ' बरू छोरीहरूलाई पालेर अलग्गै बस्छु, कानुनी बाटो देखाइदिनु पर्‍यो।' आँफु घरमा नभएको मौका छोपेर छोरीहरूलाई पतिले मार्ने पो हुन की भन्ने डर छ।स्थानीय अगुवा सुशन कोइरालाले नरेशले लामो समय देखि पत्नी र छोरीहरूलाई कुटपिट गर्ने गरेको बताए। ' सानै उमेरमा विवाह भएकी यी महिलाले लामो समयदेखि पत्नीको कुटाई र यातना सहनु परेको छ', कोइरालाले भने, 'पीडै पीडामा रहेकी महिलालाई न्याय दिलाउनु पर्ने अवस्था आएको छ।'फुलकुमारीकी सासु सुकुनीले बुहारीमाथि छोराले लामो समयदेखि यातना दिने र निर्घात रुपमा कुटपिट गर्ने गरेको बताइन्। ' मैले तलाई सँगै बस्ने मन छैन भने बुहारीलाई छाडिदे तर नकुट पनि भनेको हो', उनले भनिन्, ' तर बुहारी र नातीनीहरुलाई कुटपिट गरिरहन्छ।' पत्नीलाई धेरै कुटपिट गर्ने र यातना दिने गरेको भन्दै नरेशलाई प्रहरीले डेढ महिना अघि पक्राउ पनि गरेको थियो। आगामी दिनदेखि कुटपिट नगर्ने र राम्रो व्यवहार गर्ने भनेपछि विभिन्न संघ संस्थाको रहोवरमा प्रहरीले नरेशलाई छाडेको थियो। नरेशलाई कारवाहीको माग राखेर उनले गत आइतबार पनि प्रहरीमा उजुरी दिएकी छन्। पत्नीले घर छाडेदेखि नरेश परिवारको सम्पर्कमा छैनन्। मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले नरेशको खोजीका लागि प्रहरी परिचालन गरिएपनि फरार भएका कारण पक्राउ गर्न नसकिएको बताए।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute