
कानाचौर–६ चनाडामा एक शिक्षकले ६० वर्षीया वृद्धालाई बलात्कार गरेका छन् । कोटिला प्राथमिक विद्यालय कानाचौरका अस्थायी शिक्षक यज्ञबहादुर कठायतले चनाडाकी ६० वर्षीया कमलादेवी (नाम परिवर्तन)लाई १० फागुनको राति बलात्कार गरेको पीडितको दाबी छ । कमलादेवी लौरो टेकेर बलात्कारविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । लाटामान्डौं–२ बिस्टै घर भएका कठायतले मदिरा सेवन गरेर बिहान ३ बजे वृद्धाको घरमै गएर बलात्कार गरेको पीडितले बताइन् । उनले भनिन्, ‘त्यो मान्छे राति मेरो घरमा पस्यो, हात समायो, मैले प्रतिकार गर्न खोजे, गुहारका लागि कराएँ, तर नजिकै कसैको घर नभएकाले कोही आएन ।’ भनेर बताएको आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । उनको अनुहारभरि चोट छ । कठायत गएपछि मात्र स्थानीय आइपुगेको उनले बताइन् । उनी घरमा एक्लै बस्छिन् । उनका छोरा र छोरी जिल्लाबाहिर बस्छन् । कठायत पाँच वर्षदेखि सो विद्यालयमा अध्यापन गराउँदै आएका छन् । अन्दाजी ४२ वर्षीय शिक्षक कठायतले आफूले सो दिन मदिरा सेवन गरेर कोठामै सुतेको दाबी गरे । तर, मदिरा सेवन गरेपछि आफू अचेत हुने गरेकाले केही थाहा नभएको उनको भनाइ छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !