Monday, March 10, 2014

उडिरहेको विमानमा मान्छे ठोक्किएपछि...(फोटो फिचर)

अमेरिकामा चकित पार्ने घट्ना घट्यो। शनिवार फ्लोरिडाको पाल्ड काउन्टीमा विहान ११ बजे एक पाराशुटमा झरिरहेका व्युक्ति अवतरण गर्न लागेको एक सानो विमानामा ठोक्किए। तर चमत्कारिक ढंगले विमान रहेका पाइलट र पाराशुटमा झर्दै गरेको व्यक्तिलाई सामान्य चोट भन्दा बढि लागेन् ।
पाराशुटमा रहेका जोन फ्रस्ट भुइमा पुग्नै लाग्दा ८७ वर्षिय वृद्ध श्यानन ट्र्यम्बले चलाएको विमान ठोक्किन पुगेको थियो।
ठोक्किएपछि सेसस्ना नाम गरेको सानो विमानले नियन्त्रण गुमायो र जमिनमा गएर ठोक्कियो । फ्रस्टको पाराशुट भने विमानको पखेटामा अड्किएको थियो।
घट्ना निकै गम्भिर थियो तर दुबै सकुशल रहे।
पाराशुटमा रहेका जोन फ्रस्ट अस्पतालमा छुटिसके भने ८७ वर्षिय श्यानन अस्पतालमै आराम गर्दैछन् तर उनलाई सामान्य चोट बाहेका अरु लागेको छैन्।

No comments:

Post a Comment