
५ चैत्र, काठमाडौँ - पछिल्लो ११ दिनदेखि बेपत्ता मलयेशियाको जहाजको खोजका लागि तल्लिन भारतको हैदराबादका गाचीबोलीका एक आईटी प्रफेशनलले बिमानको लोकेशन ट्रेस गरेको तश्विर सार्वजनिक गरेका छन् । ८ मार्च देखि बेपत्ता उक्त बोइंग प्लेनको खोजमा यो पनि एक महत्वपूर्ण सावित हुन सक्ने ति इन्जीनिएरले जनाएका छन् । पेशाले आईटी ऐनालिस्ट भारतीय नागरिक अनूप माधवले डिजिटल ग्लोब स्याटेलाइट क्यूबी-०२ बाट पछिल्लो केहि दिनको तस्विरको गहन खोज गरेका थिए । यसै दौरानमा उनको नजर ८ मार्चको एक तस्वीरमा गयो र उनले आफ्नो खोजको राहत महशुस गरेका थिए । माधवले ८ मार्चको एक ठुलो एयरक्राफ्टको स्याटेलाईट तश्विर खोज्न सफल बनेका छन्, जो अन्डमान आइल्याण्डको काफी कम उचाईबाट उडीरहेको थियो । उनले गरेको दावी अनुसार यो मलेशियन एयरलाइंसको बोइंग ७७७ प्लेन नै हो । २९ बर्षका माधवले दुनियाभरका लाखौंले जस्तै आफैलाई यो मिशनमा जोडेका थिए । उनि चाहन्थे- बेपत्ता बिमानको खोज गर्न मैले पनि मद्धत गर्न सकूँ । उनले आफ्नो यो खोजलाई अमेरिकी समाचार माध्यम सीएनएनको वेबसाइटलाई शुक्रबार पोस्ट गरेका थिए । इंजिनियर अनूप माधवले भनेका छन् “मलाई भरोसा छ, कि यो तश्विर उक्त बेपत्ता विमानकै हो, किन कि यसको धेरै कारण छन् । पहिलो कारण यो छ कि ‘यो तस्वीर अंडमान आइल्याण्डको शिबपुर एयरवेज नजिकको जंगल माथिको हो । यो एयरवेजको प्रयोग गरी जहाज उडान गर्ने इजाजत सिर्फ डिफेन्स फोर्सको र यसै इलाकामा सिविलियन एयरक्राफ्टले मात्र पाउने गर्छन् । अरुलाई यो बाटो जहाज उडाउने इजाजात छैन । तस्विरलाई क्लोजर मोडमा हेर्ने हो भने थाहा हुन्छ कि यो काफी कम उचाईमा उडेको छ किनकि बादल यो जहाजको माथि छ । यसले के देखाउछ भने जहाज रडारको घेराबाट बच्नको लागि तल-तल उडेको हुन सक्छ । सबै भन्दा जरूरी कुरा यो छ कि बेपत्ता जहाजको स्ट्यान्डर्ड स्केल र कलर पनि यो तश्विरसंग मेल खान्छ । (एजेन्सी) -
0 comments :
Speak up your mind
Tell us what you're thinking... !