Friday, March 7, 2014
पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन।
मानसिक तथा शारीरिक रूपमा तयार छ भने पहिलो यौनसम्पर्कमा कठिनाइ हुनैपर्छ भन्ने केही छैन। त्यसैगरी पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन। योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्ट िगुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ। यसलाई योनिच्छद ९ज्ymभल० भनिन्छ। योनि तथा मूत्रद्वारलाई दुवैतिरबाट छोप्ने छालाका पत्रहरू हुन्छन्, जसलाई सानो भगोष्ठ भनिन्छ। भग क्षेत्रमै मूत्रद्वार -पिसाब आउने प्वाल) भन्दा माथि अलि उठेको मासुको भाग हुन्छ, जसलाई भगांकुर भनिन्छ। विशेष गरी विवाह नगरेसम्म कुमारित्व -कौमार्य) नतोडिएको हुनुपर्छ भन्ने हाम्राे सामाजिक मान्यता छ। हुन त केटामा पनि यो कुरा लागू हुनुपर्ने हो। वास्तवमा यौनसम्पर्क राख्नु नै कुमारित्व वा कुमारत्व तोडिनु हो। केटाहरूको सन्दर्भमा धेरै चासो नदिए पनि केटीको सन्दर्भमा पर्याप्त चासो दिइन्छ। पहिले-पहिलेको जमानामा योनिमा भएको योनिच्छद च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए-नभएको आधार बनाइन्थ्यो। यद्यपि त्यसको वैज्ञानिक आधार छैन। कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ। महिलाहरूमा योनिच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पक्का शारीरिक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन। पुरुषमा त यो झन् अप्ठयारो हुन्छ भन्ने कुरा स्पष्ट नै छ।

No comments:
Post a Comment