१ चैत,एजेन्सी।चीनमा एक व्यक्तिलाई श्रीमतीसंग सम्वन्ध बिच्छेदको माग गर्नु निकै महंगो सावित भयो। सम्वन्ध बिच्छेदको कुरा सुन्ने बितिकै श्रीमति यति रिसाइनकी श्रीमानको लिंगनै काटिदिइन्। ह्यान माउ नाम गरेका व्यक्तिले आफ्नै श्रीमतीसंग सम्वन्ध विच्छेदको प्रस्ताव गर्दा उनीमाथि बज्रपात आईलाग्यो। ३० वर्षकी हान झांग श्रीमानको रक्सीमा निन्द्रा लाग्ने औषधी मिसाइन र श्रीमान मस्त निन्द्रामा भएको बेला कैँचिले श्रीमानको लिंग काटेर ट्वाइलेटमा फ्लश गरिदिइन्। घाउ सञ्चो भएपछि ह्यान माउले चिनियाँ समाचार सस्थालाई आफुले अझै श्रीमतीलाइ माया गर्ने बताएका थिए । प्रहरीद्धारा पक्राउ परेपछी ह्यान झाङले श्रीमान अर्कै केटीसंग लागेर चिन्ता लागेको र सम्वन्ध विच्छेद गर्दा आफ्ना बच्चाहरुले सौताने आमा झेल्नु पर्ने भएकाले यस्तो गरेको बयान दिएकी थिइन्। हान झाङ केहि समयपछि धरौटीमा छुटिन् र घरमा आएर श्रीमान र बच्चबच्चीको हेरचाह गर्न थालिन । ३ महिनासम्म त शान्तिपुर्ण रुपमा बित्यो। उनलाई फेरी श्रीमानका बारेमा शंका लाग्न थाल्यो। उनले यसपटक 'काम तमाम' गर्ने निर्णय गरिन्। यसपटक उनले श्रीमानले पिउने दुधमा निदाउँदने औषधी मिसाइन र सुतेका समयमा यसअघी काटेर बचेको र उपचार गरिएको लिंग पुर्णरुपमा काटिदिइन्। उनी आफैले एम्बुलेन्स बोलाइन र प्रहरीसमक्ष पुगिन्।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !