हामीले सधैं जसो सुन्दै आएकै हो सर्पले डसेर मान्छेको मृत्यु भएको कुराहरु र थाहा पनि छ सर्पले डसेर समयमै उपचार भएन भने मान्छेको मृत्यु हुनु स्वभाविक हो | तर मोरङमा भने एकजनाले सर्पलाई नै टोकेर मारेको छ | मोरङ बडंगा-३ कडेलीका ५५ बर्षय मोहमद सल्मो मियाँले आफुलाई डसेर भागेको गोमन सर्पलाई समातेर उल्टै सर्पलाई टोकेर मरेका छन् | उनकै भनाई अनुसार सेतो गोमन सर्पले आफुलाई टोके पछि उनलाई रिस उठ्यो र भागेको सर्पलाई पछि पछि गैर समातेर टोकी मारें | उनले पालाको पैंचो फेर्न लाई सर्पलाई टोकेको बताए |र आफुलाई टोकेको सर्पलाई टोक्यो भने बिष लाग्दैन भन्ने सुनेर पनि सर्पलाई उनले टोकेको बताए | खेतमा पानि लगाउन जाने क्रममा उनलाई सर्पले टोकेको थियो | उनले सर्प टोकेर मारे पछि उनलाई हेर्न गाउँमा ठुलो भिड नै भयो भने स्थानीय स्वास्थ्य संस्थाका अनुसार उनको स्वस्थ अवस्था राम्रो रहेको छ |
0 comments :
Speak up your mind
Tell us what you're thinking... !