
१ चैत, काठमाडौं । यस साता सुनको भाउ हृवात्तै बढेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५६ हजार २ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार १३ सय रुपैयाँले बढेर ५७ हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो । साताभर सुनको भाउमा निकै उतार-चढाव आएको थियो । युक्रेनमा देखिएको राजनीतिक संकट र रुसी सैनिकको सम्भावित हस्तक्षेपका कारण रुस र पश्चिमी-अमेरिकी खेमाका मुलुकवीच देखिएको द्वन्द्वले गर्दा सुरक्षित लगानीको लागी सुनको माग बढेकोका कारण सुनको भाउ अत्यधिक बढेको विश्लेषकहरु बताउँछन् । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत ६ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यसैवीच विश्वको दोश्रो आर्थिक शक्ति र विश्वको सबैभन्दा ठूलो सुनको बजार चीनमा देखिएको निराशाजनक आर्थिक सुचकांक तथा युआन मुद्राको अवमूल्ययनले पनि लगानी सुरक्षाको लागी सुनको माग बढेको बताइन्छ । चीनको निर्यात परिसुचकमा देखिएको कमी, कर्पोरेट व्यापारमा देखिएको शिथिलता र ऋणपत्रको पहिलो असफलताले सुनको मागलाई अझ बढाएको छ । यसै कारणले एसियाली स्टक बजारमा पनि गिरावट आएको छ । यही क्रम जारी रहेमा सुनको अन्तर्राष्ट्रिय मूल्य १४ सय डलर नाघ्ने विश्लेषकहरुको अनुमान छ । जब कि हालको मूल्य १ हजार ३ सय ७२ डलरको हारहारीमा रहेको छ । अहिलेको विश्वको राजनैतिक परिवेशलाई विचार गर्दा सुनको भाउ फेरी पनि प्रतितोला ६० हजार पुग्ने लक्षण देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको सुनको भाउ
बार | सुन (प्रतितोला) | चाँदी (प्रतितोला) |
|---|
आइतबार | रू. ५६,२०० | रू. ८५५ |
सोमबार | रू. ५६,००० | रू. ८५५ |
0 comments :
Speak up your mind
Tell us what you're thinking... !