Headlines News :
Home » » तपाईंको ल्यापटपलाई कसरी टीभीमा जोड्ने ?

तपाईंको ल्यापटपलाई कसरी टीभीमा जोड्ने ?

Written By Unknown on Saturday, March 15, 2014 | 10:09 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

यदि तपाईसँग ल्यापटप छ र घरको ठूलो स्क्रिनको टीभीमा फिल्म हेर्न चाहानुहुन्छ भने त्यसका लागि सजिलो उपाय छ– ल्यापटपलाई टीभीमा जोडिदिने ।
बिदेशमा रहेका आफन्तसँग स्काइप वा भाइवरमा कुराकानी गर्दै हुनुहुन्छ र परिवारका सवै जनालाई देखाउन चाहानुहुन्छ वा कुनै महत्वपूर्ण तस्वीर ठूलो आकारमा हेर्न चाहानुहुन्छ भने पनि ल्यापटपलाई टीभीमा जोडने उपाय उपयुक्त हुन्छ । यसका लागि कुनै ठूलो दुःख गरिरहनुपर्दैन् । केवल तपाईले आफ्नो ल्यापटप र टीभीको प्रकृति हेरेर उपयुक्त तारको प्रबन्ध गर्नुपर्छ । त्यसो भएमा केही सेकेन्डमै तपाईले आफ्नो ल्यापटपलाई टीभीमा कनेक्ट गर्न सक्नुहुन्छ । पछिल्लो समयमा स्मार्ट टीभीहरुको चलन आइसक्यो ।
जसले गर्दा अब तपाईको टीभीमै इन्टरनेट उपलब्ध हुन्छ । तर, पुराना एलसीडी तथा एलइडी टीभीलाई स्मार्ट टीभीमा परिवर्तन गर्न ल्यापटप जोड्नुको बिकल्प छैन् । चल्तीका दुई तरिका यो कुरा तपाईको कम्प्युटर र टीभीको पोर्ट कुन खालेको छ, त्यसमा निर्भर गर्छ । यसका लागि सवैभन्दा उपयुक्त र सरल ‘एचडीएमआई’ केवल हो । यदि तपाईको ल्यापटप निकै पुरानो हैन भने त्यसमा ‘एचडीएमआई’ केवल आउटपुट रहेको हुन्छ । पछिल्ला बर्षमा बनेका धेरैजसो एलसीडी र एलइडी टीभीमा एचडीएमआई पोर्ट राखिएको हुन्छ । टीभी र ल्यापटप दुवैलाई अन गर्नुहोस् । २. एचडीएमआई केवललाई ल्यापटप र टीभीमा जोड्नुहोस् ३. टीभीको रिमोटमा रहेको एभी बटन(टीभी अन बटनसँगै रहेको) थिच्नुहोस त्यहाँ इनपुट फम्र्याट आउने छ । त्यहाँ टीभी,भिडियो, एचडीएमआई र पीसी लगायतका अप्सन हुन्छन् ।
अब एचडीएमआई अप्सन छान्नुहोस् । ४. अब तपाईको ल्यापटपको स्क्रिन टीभीमा देखिने छ । यदि ल्यापटपको स्क्रिन आफै देखिएन भने तपाईले ल्यापटपको कन्ट्रोल प्यालनको डिस्प्ले अप्सनमा गई एडजस्ट रेजुलेसनमा टीभी अप्सन छनौट गर्नुहोस् । अर्को चल्तीको तरिका भनेको भीजीए केवलले कनेक्ट गर्नु हो । भीजीए केवलमार्फत् कनेक्ट गर्दा सवै तरिका एचडीएमआई कै जस्तो हो । तर यसका लागि तपाईलाई बेग्लै अडियो केवल चाहिन्छ जुन तपाईको ल्यापटपको हेडफोन पोर्टमा जोड्नुपर्छ ।

भीजीए केवल र ३.५ एमएमको अडियो केवल यदि तपाईको दुवै यन्त्रमा ‘एचडीएमआई’ पोर्ट छैन भने मात्र भीजीए केवल प्रयोग गर्नुपर्छ । तस्वीरमा पीसी इन लेखिएको ठाउँ भीजीए केवल पोर्ट हो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute