Monday, March 31, 2014

हरेक महिला सहवासका बेला के सोच्छन्?

तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएकाछन् र फरक फरक तथ्य बाहिर ल्याइएका छन् । तर, भारतीय कमेडियन ३४ वषर्ीया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छन् । उनका अनुसार महिलाहरु शारिरीक सम्पर्कका समयमा आफुले धुनु पर्ने कपडा, खरिद गर्नु पर्ने सामानहरु, आफुले लगाउन चाहेको जुत्ता जस्ता बिषयका बारेमा सोच्ने गर्छन भने केही महिलाहरु पुराना प्रेमी वा अमुक पुरुषको यादमा हुन्छन् । द सन पत्रिकालाई दिएको अन्तवार्तामा कमेडियन मिर्जाले भनेकी छिन्- ‘मेरो एक जना साथी छिन, जो आफ्नो श्रीमान्लाई औधी प्रेम गर्छिन् । तर उनले बताएअनुसार शारिरीक सम्पर्कका उनी उक्त पुरुषलाई सम्झन्छिन् जो को हुन् भन्ने उनलाई नै थाहा छैन । मात्र मन मनै मनपाएकी छन् ।’ ५१ वर्षीया लेखिका खैती लेट भनेकी छिन्-’ मेरो दोश्रो विवाह भइसक्यो र मेरा थुप्रै प्रेमीहरु छन् । पुरानो प्रेमीसँगको शारिरीक सम्पर्कका क्रममा मलाई निकै दिक्क लाग्थ्यो । त्यसैले उक्त समयमा मैले ग्रोसरी लिस्ट बनाउँथे र आफ्नो जुत्ताहरु गन्थें ।’ सायद यसैलाई भन्छन ज्यान एकातिर मन अर्कैतिर ।

No comments:

Post a Comment