Headlines News :
Home » » अन्तरिक्षबाट पृथ्वी यस्तो देखियो; सर्वश्रेष्ठ तस्वीरको छनोट प्रतियोगीता शुरु (फोटोफिचर)

अन्तरिक्षबाट पृथ्वी यस्तो देखियो; सर्वश्रेष्ठ तस्वीरको छनोट प्रतियोगीता शुरु (फोटोफिचर)

Written By Unknown on Wednesday, March 19, 2014 | 12:16 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मुटु आकारको एउटा दीप, एउटा कलाकृति आकारको खदान र इटलीको माउन्ट वेसुवियसको एउटा तस्वीर। यी ती तस्वीर हुन् जसलाई एउटा प्रतियोगितामा छानिएको हो। यो प्रतियोगिता अन्तरिक्षबाट लिइएका सर्वश्रेष्ठ तस्वीर छनोटका भइरहेको छ। यो प्रतियोगिताको आयोजना उपग्रहबाट लिएको तस्वीर उपलव्ध गराउने कम्पनी डिजिटलग्लोबले गरेको हो। अमेरिकाको कोलोराडोको कम्पनी डिजिटलग्लोब आफ्ना ग्राहकलाई व्यवसायिक उपग्रहबाट लिइएका तस्वीरहरु उपलव्ध गराउने गर्दछ। माउन्ट वेसुवियसको तस्वीर फेसबुकमा पनि निकै रुचाइएको छ। डिजिटलग्लोबसँग आइकोनोस, क्विकबर्ड, वर्ल्डभ्यू–१, वर्ल्डभ्यु–२ र जियोआइ–१ नाम गरेको उपग्रह छ । यो प्रतियोगितामा सहभागी हुनेले आफूले चाहेजति तस्वीरमा लाइक गर्न सक्छन्। यसका साथै यसबाट चुनिएका पाँच तस्वीर अन्तिम चरणमा प्रवेश गर्ने छन्। हालसम्म चुनिएका तस्वीरमा पाकिस्तानको ग्वादरस नजिक भूकम्पबाट बनेको टापु, सिरियाको अलेप्पोको किल्ला छ। यसका साथै अस्ट्रेलियाको एउटा जंगलमा भएको आगलागीको तस्वीर पनि छ । बाँकी तस्वीर पनि यस्ता छन् जसले सबैको ध्यान खिच्न सक्दछ । जस्तो कि ओमानको सहर सूर नजिकको समुद्रको शैवालको तस्वीर । यो तस्वीर कुनै विज्ञान फैन्टासीको विशेष इफेक्टजस्तो दृष्य देखिन्छ। डिजिटलग्लोबले अन्तिम पाँच तस्वीरको घोषणा यही महिनाको अन्तिममा गर्दैछ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute