Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७० साल चैत्र ५ गते बुधबार

आजको पञ्चाङ्ग र राशीफल २०७० साल चैत्र ५ गते बुधबार

Written By Unknown on Tuesday, March 18, 2014 | 2:23 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आजको पञ्चाङ्ग आज मिति २०७० साल चैत्र ५ गते बुधबार, तदनुसार मार्च १९ सन् २०१४, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्षपक्ष चलिरहेको छ । शौरमान अनुसार आज चैत्रकृष्णपक्षको तृतीया तिथि ४३ घटि १८ पला अर्थात रातिमा ११ बजेर ३१ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथिमा लाग्नेछ ।

 आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम गर्ने जोश जाँगर बढ्नेछ, आम्दानीमा बृद्धि हुनेछ, व्यापारबाट लाभ पाईनेछ दिन शुभ छ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काममा अवरोध आउनेछ, आफ्नो इज्जतमा आँच आउन सक्छ, काम गर्दा चनाखो हुनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – गुमेको धन फेला पर्न सक्नेछ, राजनैतिक सक्रियता बढ्नेछ, समग्रमा दिन शुभ छ उपयोग गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यापार व्यवसायमा गिरावट, गरेको प्रयास असफल, स्वास्थ्यमा एक्कासि खराबी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पुरानो धन प्राप्त, स्वास्थ्यमा क्रमिक सुधार हुनेछ, दिन अत्यन्तै शुभ छ उपयोग गर्नुहोला ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – परिवारमा अशान्ति हुनेछ, आफन्तजनबाट धोका, टाढाको यात्रा असफल वायुरोगले सताउनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – टाढाबाट धन आउनेछ, मानसिक शान्ति तथा आराम मिल्नेछ, शत्रु परास्त हुनेछ समय शुभ छ।

 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – गरेको प्रयास खेर जानेछ, यात्रा नगर्दा राम्रो हुनेछ, काममा अवरोध, दिन सामान्य रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सामाजिक कार्य गरेरपनि जस पाइने छैन, यात्रामा झन्झट खेप्नु, मित्रबाट धोका हुन सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आफन्तजनसँग मनमुटाव, खानामा गड्बढी,आफन्तबाट धोका चिन्तापर्ने खबर प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –  सोचाइ विपरित काम हुनेछ, पारिवारिक चिन्ता बढ्नेछ, घरमा बस्न मन लाग्नेछैन समय खराब ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७० साल चैत्र ५ गते बुधबार बिहान ६:१२ बजेदेखि ७:४२ बजेसम्म लाभ बेला, बिहानमा ७:४२ बजेदेखि ९:१२ सम्म अमृत बेला, बिहानमा ९:१२ बजेदेखि १०:४२ बजेसम्म काल बेला, बिहानमा १०:४२ बजेदेखि १२:१२ बजेसम्म शुभ बेला, बिहान १२:१२ बजेदेखि दिनमा १:४२ बजेसम्म रोग बेला, दिनमा १:४२ बजेदेखि ३:१२ बजेसम्म उद्वेग दिनमा ३:१२ बजेदेखि ४:४३ बजेसम्म चर साँझ ४:४२ बजेदेखि ६:१२ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज  काल योग परेकाले कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकाल समय: दिनमा १२:०० बजेदेखि १:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute