मान्छेलाई इख लागेपछि जे पनि गर्न सक्छ । चाहे त्यो जतिसुकै अनौठो र लाजमर्दो काम किन नहोस् । एक बेलायति महिलाले हालै घर पालुवा कुकुरसँग बिबाह गरेकी छिन् । २ सय जना पाहुनाको उपस्थीतिमा उनले आफ्नै पाल्तु कुकुर ‘शेवा’सँग बिबाह गरेको बेलायति पत्रिका मेट्रोले जनाएको छ । २ सय पाहुनाका बिचमा उनले कुकुरसँग बिबाह गर्दा कसैले पनि रोकेन, कसैको अनुहारमा पनि ग्लानी महसुस भएको थिएन् । आगन्तुक सवैले ताली बजाएर उनलाई हौसला दिए, बधाई दिए । ४६ वर्षीया अमाण्डाको यो दोस्रो विवाह हो । २० वर्ष अघि उनले जोसँग विवाह गरेका थिए, उनले केही महिनामै साथ छाडे । ‘मेरो जीवनमा केही वर्षदेखि शेवा छ । जब म आफूलाई कमजोर ठान्छु, उसैले मलाई हसाउँछ, खुसी बनाउँछ र सहज बनाउँछ । मेरो जीवनसाथीबाट यो भन्दा म केही सोच्न सक्दिन ।’ उनले भनिन् । बिबाह समारोहमा अमाण्डाले कालो गाउन लागएकी थिइन भने कुकरलाई सेतो गाउन लगाइएको थियो ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !