भारतमा दुईबटा टाउको भएको शिशु जन्मिएको छ । २८ वर्षकी उर्मिला शर्माले सिग्नस जेके हिन्दु अस्पताल सोनीपत, हरियानामा यस्तो शिशु जन्माएकी हुन् । बच्चा चिकित्सकहरुको निगरानीमा छ । उर्मिलाको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । अल्ट्रासाउण्ड गर्ने पैसासम्म नभएका कारण उनीहरुलाई आफ्नो सन्तान यस्तो छ भन्ने पत्तो थिएन । उर्मिला र उनका पति ३२ वर्षीय सुवासका अर्को पनि छोरी छन् । डा. शिखा मल्लिकले भनेकी छन्-’हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं ।’ दुई साता पहिले मात्र अस्पताल आएकाले आफूहरुले केही गर्न नसकेको भन्दै उनले बच्चालाई बचाउन प्रयास भइरहेको बताइन् ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !