Monday, March 10, 2014
अनौठो चट्टान फेला, एकको ज्यान गयो, हेर्नेको घुइँचो
ओखलढुंगा, फाल्गुन २७ । ओखलढुंगाको प्राप्चा गाउँ विकास समिति वडा नम्बर २ मा बाटो खन्ने क्रममा अनौठो प्रकृतिको चट्टान फेला परेको छ । हेर्दा मूर्ति जस्तो देखिने उक्त चट्टान महादेवको प्रतिमूर्ति भएको भन्दै पूजा गर्न अहिले स्थानीय सर्वसाधारणको घुइँचो लागेको छ । गत आइतबार फेला परेको उक्त चट्टान सार्न खोज्ने क्रममा स्थानीय एक जनाले ज्यान समेत गुमाएका छन् । हर्कपुरका जीतबहादुर भुजेलले उक्त चट्टान सार्न खोज्दा माथिबाट झरेको अर्को ढुंगाले लागेर उनको त्यही मृत्यु भएको थियो भने सोही सट्टान सार्न प्रयोग गरिएको एउटा मेसिन समेत बिग्रिएपछि उक्त चट्टान हेर्न अहिले सर्वसाधारणको बाक्लो घुइँचो लागेको छ । चट्टान सडकको २० मिटर तल फेला परेको हो । फेला परेको चट्टान नजिकै केही वर्ष अगाडि एउटा ओडार समेत फेला परेको स्थानीय समाजसेवी माधव घिमिरेले जानकारी दिए । उक्त स्थानमा मन्दिर रहेको हुनसक्ने अनुमान उनको छ । उक्त स्थानको उत्खनन् गरी संरक्षण गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । स्वीस सरकारको सहयोगमा ओखलढुंगाको रामपुरदेखि श्रीचौर जोड्ने १५ किलोमिटर बाटो खन्ने क्रममा उक्त चट्टान फेला परेको हो

No comments:
Post a Comment