Headlines News :
Home » » संविधानसभामा यसरी हँसाइन् कान्छी सभासदले

संविधानसभामा यसरी हँसाइन् कान्छी सभासदले

Written By Unknown on Wednesday, February 26, 2014 | 5:23 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

१४ फागुन, काठमाडौं । संविधानसभामा उपाध्यक्ष चयनका लागि भएको निर्वाचनमा आफ्नो धारणा राख्ने क्रममा कान्छी सभासद सरिताकुमारी यादवले सबैलाई हँसाएकी छन् । २५ वर्षको उमेरमा संविधानसभाको सदस्य, त्यो पनि रोष्टममै गएर बोल्ने क्रममा उनले प्रधानमन्त्री सुशील कोइरालालाई समेत हाँस्न बाध्य बनाइन् ।यादवको प्रस्तुतीले भने संविधानसभाको बैठकमा रहेका प्रधानमन्त्री सुशील कोइरालादेखि उपेन्द्र यादवसम्म हाँसेका थिए । कखरा सिक्दै गरेको बालकले जस्तै कनेर आफ्नो लिखित मन्तव्य सुरु गरेकी उनले उपाध्यक्षको चुनावलाई नाटकको संज्ञा दिइन् । लेखेर ल्याएको भाषण पढेकी सरिताले अड्कँदै, बिगार्दै र सच्याउँदै सम्बोधन गरेपछि प्रधानमन्त्री कोइराला मात्र होइन, फोरम अध्यक्ष उपेन्द्र यादवसहित सबै सभासदहरु मुसुमुसु हाँसिरहेका देखिन्थे । संविधानसभामा पिछडिएको वर्ग र समूदायका प्रतिनिधिहरुले भाषाको कारणले बोल्न कठिनाइ भएमा आफ्नै मातृभाषामा समेत बोल्न सक्ने व्यवस्था छ । दृष्टान्तका लागि सभासद गंगा चौधरी र रुक्मिणी चौधरी पिछडिएको समुदायबाट संविधानसभामा पुगे पनि उनीहरुको भूमिका र प्रस्तुती प्रभावकारी रहने गरेको छ । बुधबारको बैठकमा सरितापछि रोष्टममा पुगेकी सभासद गंगा चौधरीले भने सभाध्यक्षसँग अनुमति लिएर थारु भाषामा गज्जबसँग सम्बोधन गरिन् । संघर्षबाट भन्दा पनि नेताकी श्रीमती भएकाले सभासद बन्ने अवसर प्राप्त गरेकी कान्छी सभासदले गंगा चौधरीहरुबाट केही सिक्ने हो कि ? ‘एभरेज’ सभासद हुनु स्वाभाविक संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको भनाइ मान्ने हो भने एसियाली समाजमा चयन हुने जनप्रतिनिधिहरु औसत क्षमताका हुन्छन् । अहिलेको हाम्रो संविधानसभाका सदस्यहरु पनि जनताले आफ्नो जुन स्तर छ, त्यस्तै पठाएका हुन्छन् । जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको सभाध्यक्षको भूमिका निभाइसकेका थापाका अनुसार हाम्रो संविधानसभामा एउटा सचेत वर्ग छ, त्यसले नै सबैलाई नेतृत्व गर्छ । थापाको भनाइलाई आधार मान्ने हो भने संविधानसभामा सबैले बोल्न वा आफ्नो कुरा सहजरुपमा राख्न सक्ने अनुमान लगाउनु गलत हुन्छ । तर, सामान्य स्कुलको विद्यार्थीले जति पनि आफ्नो कुरा राख्न नसक्ने सभासदले संविधान निर्माणमा कस्तो भूमिमा खेल्लान् भनेर जनतामा प्रश्न उठ्नेतर्फ पनि दलका नेता र सभासदहरुले ध्यान दिने हो कि ?

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute