Headlines News :
Home » » पहिचान सहितको संघीयता हुन नदिन गम्भीर षड्यन्त्र भै रहेको प्रति नेताहरुको चिन्त

पहिचान सहितको संघीयता हुन नदिन गम्भीर षड्यन्त्र भै रहेको प्रति नेताहरुको चिन्त

Written By Unknown on Saturday, May 11, 2013 | 11:38 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


नारायणगढ  /पहिचानसहितको संघीयता हुन नदिन गम्भीर षड्यन्त्र भईरहेकोले त्यसको बिरुद्धमा सशक्त रुपमा उठ्न आदिवासी जनजाति समूदायलाई एक कार्यक्रमका बक्ताहरुले आग्रह गरेका छन् ।
‘आदिवासी जनजातिको अभियान, पहिचानसहितको संघीय समाबेशी संबिधान’ भन्ने नाराका साथ आयोजित नेपाल आदिवासी जनजाति महासंघको आठौँ राष्ट्रिय महाधिबेशनको सनिवार उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले यस्तो बताएका हुन् ।
एनेकपा माओवादीका स्थायी कमिटि सदस्य एवं्म पुर्वअर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ले आदिवासी जनजातिको एक तिहाई प्रतिनिधित्व भएपनि जातिय पहिचानसहितको एजेण्डामा सहमती नभएकोले संबिधान सभा बिघटन भएको खुलासा गरे । आदिवासी जनजातिको मुद्धालाई स्वीकार्नुको सट्टा संबिधान सभा नै बिघटन गरेर प्रमुख दलका नेताहरुले ठुलो भुल गरेको उनको तर्क थियो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य ईन्द्रबहादुर गुरुङ्गले देशको माग संघीय संबिधान भएपनि प्रमुख पार्टीका नेतृत्वहरु एकल जातीका भएकाले संबिधान निर्माण नभएको जिकिर गरे । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आदिवासी जनजातिलाई उचालेर खुट्टा कमाएको उनको तर्क थियो । जातिय, क्षेत्रीय, लैङ्गिक अधिकार नदिएसम्म देशले गति लिन नसक्ने भन्दै उनले अहिले आदिवासी चुप लागेर बसे थप चार सय बर्ष अधिकार बिमुख हुनुपर्ने चेतावनी दिए । आदिवासीले पहिचान, प्रतिनिधित्व, पहुँच लगाएतका अधिकार पाउँन ब्राम्हणवादी चरित्र भएका आदिवासी जनजातिलाई समेत बहिस्कार गर्नुपर्नेमा जोड दिए ।
संघीय समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोककुमार राईले संबिधान सभा बिघटनपछि जातिय पहिचान बिरुद्ध गम्भीर षडयन्त्र भईरहेको दावी गरे । जातिय पहिचान बिरोधीले जीत नहुने देखेर संबिधान सभाको चुनाब गर्न नचाहेको आरोप लगाउँदै चार दलबिचको सम्झौता आदिवासी र उपेक्षित समुदायबिरुद्ध रहेको बताए ।
नेकपा–माओवादीका नेता एवंम् नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिब सुरेश आले मगरले जातिय पहिचान र आदिवासी अधिकारको मुद्धा थप पेचिलो बन्दै गएको बताए । पहिचानको मुद्धा राजनितिक भएको भन्दै उनले आदिवासी जनजातिहरु राजनितिक रुपमा सचेत र सक्रिय हुनुपर्ने बताए । नेपालको छिमेकी भारत, चिनसहित अन्य देशमा जातिय संघीयताले सकारात्मक प्रभाब पारेको भन्दै उनले ब्राम्हणबादी सोचाई भएकाहरुले आफ्ना अधिकार खोसिन्छ भनेर बखेडाबाजी गरेको आरोप व्यक्त गरे । उनले पहिचानबिरुद्ध मोर्चाबन्दी भईरहेको भन्दै आदिवासी जनजातिले एकतापूर्बक आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्ब अध्यक्ष पासाङ शेर्पाले एक मुठी सास र रगत रहुन्जेल पहिचानको लागि लड्न आदिवासी जनजातिलाई आग्रह गरे । पहिचान बिरोधीहरुले चितवनलगाएतका क्षेत्र अखण्ड राख्न षडयन्त्र गरेको आरोप लगाउँदै उनले चितवन थरुहटको एक क्षेत्र भएको बताए । आदिवासी जनजातिहरु आफ्ना अधिकारप्रति सचेत बन्दै गएको भन्दै उनले संघीयता बिरोधी परास्त हुने दाबी गरे । जातिय पहिचानका लागि भएको आन्दोलन शान्तिपूर्ण रहेको भन्दै उनले प्रतिप्रश्न गरे,– ‘पहिचान पाउन लड्नेले जातिय द्वन्द्व चर्कायो की थारु संग्राहलय जलाउनेले ?’
नेकपा एमालेका नेता तथा बिघटित संबिधान सभाको आदिवासी जनजाति ककसका अध्यक्ष पृथ्वी सुव्बा गुरुङ्गले आदिवासी जनजातिले अधिकार प्राप्त गर्न कुनै शक्तिले रोक्न नसक्ने बताए । उनले दलिय सेण्डीगेटलाई समेत परास्त गर्दै आदिवासी जनजातिले अधिकार लिएरै छाड्ने तर्कगरे । जातिय पहिचानको अधिकारलाई साम्प्रदायिक, साम्राज्यबादी र एकल ब्राम्हणवादीले भ्रामक रुपमा प्रचार गरेको भन्दै उनले भाषिक, साँस्कृतिक स्वतन्त्रता मौलिक र जन्मसिद्ध अधिकार भएको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिब ओम गुरुङ्ग, बालकृष्ण मावुहाङ्ग, संघीय लिम्वुबान राष्ट्रिय मञ्चका खगेन्द्र माथिम, आदिवासी जनजाति महिला महासंघकी केन्द्रिय महासचिब सोनी लामा, राष्ट्रिय जनमुक्ती पार्टीका शिबलाल थापा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवन अध्यक्ष पदमबहादुर गुरुङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा आदिवासी आन्दोलनका क्रममा बिरगति पाएका नवलपरासीका धनबहादुर थनेतका छोरा चोक थनेत र चितवनका कमल चौधरीका पिता सुनसेन चौधरीले संयुक्त रुपमा महासंघको झण्डा र महाधिबेशनको नारा लेखिएको व्यानरसहितको बेलुन उडाएर गरेका थिए ।
कार्यक्रम अघि भरतपुरको चौबिसकोठी, क्षेत्रपुरको तीनखोले गुम्बा र नारायणगढको पुल्चोकबाट निकालिएको साँस्कृतीक झाँकी सहितको ¥यालीले बजार परिक्रमागरि कार्यक्रम स्थल पुगेको थियो । कार्यक्रममा गायक, गायिकाहरु प्रश्ना शाक्य, मिलन लामा, सचिन राई लगाएतले जातिय गित तथा नृत्यपनि प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्र भरतपुरको बीरेन्द्र वहुमुखी क्याम्पस परिसरमा भएपनि बन्दसत्र भने पर्यटकीय क्षेत्र सौराहामा भोली र पर्सी गरि दुई दिन हुनेछ । पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको महाधिवेशनको बन्द सत्रमा ७१ जिल्लाबाट प्रतिनिधि, पर्यबेक्षक गरि करिब पाँच सय जना सहभागी छन् । महाधिवेशन वन्द सत्रले १३ सदस्यीय सचिवालय सदस्य चयन गर्ने महासंघले जनाएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute