हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
संसारकोखबर.कम
२७ वैशाख, काठमाण्डौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएका छन् । विद्याथीं संगठनले दिउँसो तीनबजे पछि राजधानीमा सिठी जुलुस निकाल्ने भएका छन् ।
राजधानीको बाल्मिीकी क्याम्पस अगाडिबाट सुरु गरिने सिठी जुलुस पुतलीसडक, बागबजार हुदै रत्नपार्क पुगेर टुंग्याइने नेविसंघका प्रवक्त युपी लामिछानेले जानकारी दिनुभयो ।
यसैबीच नागरिक समाजका अगुवाहरुले पनि आज धर्ना दिदैछन् । दिउंसो ४ बजे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वकर्ता पार्टी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको ललितपुरस्थित कार्यालय अगाडि धर्ना दिने कार्याक्रम रहेको नागरिक समाजका अगुवा चरण प्रसांइले जानकारी दिनुभयो । यसैगरी अख्तियार प्रमुखमा कार्कीको नियुक्तीको बिरोधमा बिभिन्न पेशागत संघसंगठनमा आवद्ध कर्मचारीहरुले पनि आज १ घन्टा पेनडाउन गर्दैछन् ।
पेशागत महासंघ नेपालको आह्वानमा बिहान १० बजेदेखि ११ बजेसम्म देशैभरका सबै कर्मचारीले पेन डाउन गर्ने भएका हुन् ।
कार्कीको विरोधमा सरकारी, संस्थान, बैकिङ, स्वास्थ्य सेवा, स्थानीय निकायका कर्मचारीले एक घण्टा पेन डाउन गर्ने र शिक्षकले एक घण्टा चक प्रयोग नगर्ने पेशागत महासंघले जनाएको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !