Headlines News :
Home » » सुनको भाउमा उतार-चढाव जारी, शुक्रबार २ सय रुपैयाँ घट्यो

सुनको भाउमा उतार-चढाव जारी, शुक्रबार २ सय रुपैयाँ घट्यो

Written By Unknown on Thursday, May 9, 2013 | 11:24 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

gold२७ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहन नसक्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । विगत केही सातादेखि नेपाली बजारमा सुनको भाउमा उतार-चढाव आउने क्रम जारी रहेको छ ।
शुक्रबार बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ सय रुपैयाँ बढेर ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार पुनः २ सय रुपैयाँ घटेको हो । बुधबार छापावाला सुन तोलाको ५१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलाको ५२ हजार ३ सय रुपैयाँमा कारोबार हुन पुगेको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुन तोलाको ५१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन तोलाको ५२ हजार ५ सय रुपैयाँ र बुधबार ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने लामो समयदेखि स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको ९ सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute