हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
इस्लामावाद, वैशाख २८ (एजेन्सी)–पाकिस्तानमा शनिबार आम निर्वाचन हुँदै छ । संसद र प्रान्तिय सभाका लागि भएको मतदानमा दशौ लाख पाकिस्तानी लामबद्ध भएका छन् ।
तालीवानी विद्रोहीको लगातारको आक्रमण र हिंसाका घटनाकाबीच व्यापक सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन गर्न लागिएको छ । चुनाबको सुरक्षाकालागि ६ लाख भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । विहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिने छ ।
नागरिक सरकारले पहिलो पटक कार्यकाल पुरा गरेपछि हुन लागेको यो निर्वाचनलाई ऐतिहासिक मानिएको छ । सन् १९४७ मा भारतबाट अलग भएको पाकिस्तानमा आधा सताब्दी सम्म सेनाले शासन चलाएको थियो ।
आठ करोड ६० लाख मतता रहेको पाकिस्तानमा मत सर्बेक्षणहरुले कुनै पनि पार्टीले बहुमत ल्याउने सम्भावना कम रहेको देखाएको छ । यो पटकको मतदानमा ३ करोड ४० लाख मानिसले पहिलोपटक मतदान गर्ने छन् । मतदाता मध्य तीन करोड ७५ लाख महिला छन् ।
पुर्व प्रधानमन्त्री नवाज सरीफको पार्टी पाकिस्तान मुस्लीम लिगको स्थान अघि हुने मत सर्बेक्षणहरु बाहिर आएका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता एवं राष्ट्रपति असीफ अली जर्दारीको चुनावी माहौल तुलनात्मक रुपमा केही कम देखिएको विष्लेषण गरिएको छ । चुनावी मैदानमा पुर्व क्रिकेटर इमरान खानको पनि उत्तिकै चर्चा छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !