Headlines News :
Home » » सुशिलको कुरा देउवाले टेरेनन्

सुशिलको कुरा देउवाले टेरेनन्

Written By Unknown on Saturday, May 11, 2013 | 12:02 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

sushil dubaकाठमाडौं, वैशाख २८ – संविधानसभाको निर्वाचनको माहौल बनाउने र पार्टीलाई जिताउन भन्दै हिडेका काँग्रेस नेताहरु आपसमै लड्न थालेका छन् । अहिले चुनावमा जनतालाई दिने एजेन्डा केही छैनन्, काँग्रेस नेताहरुसँग र उनीहरु आपसमै तमासा गर्छन् । काँग्रेसभित्र पछिल्लो तमासा संविधानसभाको चुनावी गठबन्धको विषयलाई लिएर भएको छ ।
माओवादीले जनजाति, मधेशी, अग्रगामी र परिवर्तनकामी शक्तिसँग चुनावी गठबन्धन बनाउने बताएपछि कांग्रेस–एमालेले पनि गठबन्धनको खोजी गर्न थालेका छन् । विगतको संविधानसभाको चुनावमा नराम्रोसँग धक्का खाएका र अबको चुनावमा पनि जित्ने आधार नभएका एमालेका नेता माधव नेपाल, केपी ओलीदेखि सुशील कोइरालासम्म एमाले–काँग्रेस गठबन्धनको तयारीमा छन् । उनीहरु सकेसम्म २४० सिटमै गठबन्धन बनाएर चुनाव लड्न चाहेका छन् ।
यद्यपि, देशभर सुशीलले गठबन्धनको कुरा गर्दै हिँडे पनि देउवाले भने हँुदै हुन्न भन्दै हिँडेका छन् । यहाँ रोचकपक्ष के छ भने सुशील किन गठबन्धन चाहन्छन् ? देउवा किन चाहँदैनन् ? काँग्रेस स्रोतका अनुसार यदि अहिले एमालेसँग गठबन्धन गरेर जान पाइयो र चुनावमा बहुमत ल्याउन सकियो भने प्रधानमन्त्री हुन पाइन्छ भन्ने सुशीललाई लागेको छ । जतिसुकै प्रयत्न गर्दा पनि प्रधानमन्त्री बन्न नपाएका सुशीललाई आगामी दिनमा पनि सजिलै प्रधानमन्त्री भइन्छ भन्ने लागेको छैन । पराजयको अर्को स्वाद चाख्न नपरोस् भनेर सुशील एमालेसँग गठबन्धनको कुरा गरिरहेको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
उता देउवाको भने अर्को खेल छ । अहिलेको चुनावमा तालमेल भएन भने सुशील लगायतका काँग्रेसका धेरै शीर्ष नेता हार्छन् । सबै नेता चुनावमा हारेपछि आफू नै बलियो नेता भइन्छ भन्ने उनको दाउ छ । उनी अर्को चुनाव पनि सजिलै जित्ने विश्वासमा छन् । यसरी पार्टी अध्यक्ष सहितका नेताहरु चुनावबाट पाखा लागे भने भोलि काँग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने मौका आए त्यसको लाभ आफूलाई आउने देउवाको आँकलन छ ।
यसरी हेर्दा काँग्रेसभित्रको शक्ति सन्तुलन र आगामी दिनमा आफू बलियो हुने कोणबाट कोइराला र देउवाले आ–आफ्नो कार्ड फालेका छन् । अहिले जहाँ जहाँ पुगेका छन् त्यहाँ ती नेता आ–आफ्नो कोणबाट कुरा उठाइरहेका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute