Headlines News :
Home » » पूर्वसभासदले लगाए जिविसमा ताला एलडीओ र सेवाग्राही ५ घन्टा थुनिए

पूर्वसभासदले लगाए जिविसमा ताला एलडीओ र सेवाग्राही ५ घन्टा थुनिए

Written By Unknown on Wednesday, May 15, 2013 | 12:34 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


दाङ, जेष्ठ १ - विघटित संविधानसभाका सदस्य शिवराज गौतम मंगलबार दिउँसो १२ बजे जिल्ला विकास समितिको कार्यालय पुगे । केहीबेर बस्दा पनि स्थानीय विकास अधिकारी नभेटिएपछि घोराही नगरपालिका कार्यालयमा पुगे ।
ddc dangत्यहाँ आयोजित वाणिज्य विभागको कार्यक्रममा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोख्रेल भेटिएपछि गौतमले मुखै छाडेर गाली गरे, 'कार्यालयमा सेवाग्राही बसिरहेका छन्, तपाईं कार्यक्रममा बस्ने ? कार्यालय जानु पर्दैन ?' गौतमले बेसरी झपारेपछि पोख्रेल 'ल, म आइहाल्छु हजुर' भन्दै कार्यालयतिर लागे । जिल्ला विकासमा पुगेपछि गौतमले विकास योजनाको सम्झौता गर्ने म्याद थप्न र योजनामा डोजर, स्काभेटर प्रयोग गर्न दिन माग गरे । पोखे्रलले सक्दैन भनेपछि गौतमले साढे १२ बजे जिल्ला विकासको गेटमा ताला लगाइदिए । त्यसपछि स्थानीय विकास अधिकारीसहित अन्य कर्मचारी र सेवाग्राहीसमेत भित्र थुनिए । बेलुका ५ बजे मात्र केहीबेर ताला खोलेर कर्मचारी र सेवाग्राहीलाई बाहिर निकालियो ।
समस्या समाधानका लागि तत्काल सर्वदलीय बैठक बोलाइयो तर अपराह्नसम्म केही निकास निस्केन, ताला पनि खुलेन । मंगलबार उपभोक्ता समितिमार्फत गर्ने कामहरूको सम्झौता गर्ने अन्तिम म्याद भएकाले केही सेवाग्राही बाहिर कुरेर बसिरहेका थिए । ताला नखुलेपछि पोख्रेलले ५ बजेपछि पनि चौरमै सेवाग्राहीको काम गरिदिए । चार घन्टासम्म छलफल भए पनि पूर्वसभासद गौतम, माओवादीकै पूर्वसभासद इन्द्रजित थारूलगायत केही उपभोक्ता समितिका प्रतिनिधि ताला खोल्न सहमत भएनन् । गौतम र थारू हाल मोहन वैद्य नेतृत्वको माओवादीमा छन् । 'सम्झौताको म्याद नथप्दासम्म र डोजर, स्काभेटर प्रयोग गर्न नपाउँदासम्म ताला खुल्दैन,' गौतमले भने, 'विकासको रकम पि|mज हुनबाट रोक्न ताला लगाएको हो । सिमेन्ट उद्योगले ठूलाठूला मेसिन लगाएर डाँडा सखाप पार्न हुने, जनताले बाटो खन्दा ठूला मेसिन प्रयोग गर्न नपाउने ? यो अन्यायविरुद्ध हामी लड्छौं, यसका लागि जेल जानुपरे पनि तयार छौं ।' संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरणमा प्रतिकूल प्रभाव पर्ने र स्थानीयलाई रोजगार सिर्जना गर्न ठूला मेसिन प्रयोग गर्न नपाउने र वैशाख ३१ भित्र योजना सम्झौता गरिसक्नुपर्ने परिपत्र गरेकाले जिल्लाबाट केही गर्न नसकिने स्थानीय विकास अधिकारी पोख्रेलले बताए ।
'हामी नियमबाहिर गएर केही गर्न सक्दैनौं,' उनले भने, 'उपभोक्ताको माग यस्तो छ भनेर केन्द्रमा जानकारी गराइदिने बाहेक अरू केही गर्न सकिँदैन ।' सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले स्थानीय स्तरमा नियमविपरीत काम गर्न नसकिने भएकाले जिल्लामा ताला लगाएर समस्या समाधान नहुने बताए । उनले ताला खोल्न आग्रह गर्दा पनि नमानेपछि बेलुकापख प्रहरीले ताला फोडेको थियो । गौतमले हापुरमा डोजर प्रयोग गरी १८ लाख खर्चमा १० किलोमिटर सडक निर्माण गरेका छन् । डोजर प्रयोग भएका कारण योजना पास नहुने अवस्था आएपछि गौतम तालाबन्दीमा उत्रिएका हुन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute