Headlines News :
Home » » अग्निका जहाज नमस्ते एयरले उडाउने

अग्निका जहाज नमस्ते एयरले उडाउने

Written By Unknown on Friday, May 10, 2013 | 3:50 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


काठमाडौं, वैशाख २७ - नयाँ एयरलाइन्स नमस्ते एयरले असार पहिलो साताभित्र आन्तरिक उडान गर्ने भएको छ । नमस्तेले उडान भर्न अग्नि एयरसँग बुधवार सम्झौता गरेको छ ।
सम्झौताअनुसार अग्निका पाँच विमानमध्ये दुई वटा डोनियर नमस्ते एयरको व्यवस्थापनमा सञ्चालन हुने छन् । त्यसैगरी साउनबाट  तीन वटा जेटस्टि्रमबाट उडान गरिने कम्पनीले जनाएको छ । कम्पनीले असोजमा आफ्नै एटीआर ७२-५०० ल्याएर सेवा विस्तार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
दुई डोनियर अग्निकै स्वामित्वमा रहेर नमस्ते एयरको व्यवस्थापनमा सञ्चालन हुने छन् । कम्पनीले एउटा एटीआर ७२-५०० थपेको केही समयमै अर्को एटीआरसमेत थप्ने जानकारी दिएको छ ।
'अग्निसँगको सम्झौतापछि आन्तरिक उडानमा प्रवेश गर्न हामी कानुनी, प्राविधिक र वित्तीय रूपमा तयार छौं,' कम्पनीका कार्यकारी अध्यक्ष राजु केसीले भने, अग्निको विषयमा बैंकसँग छलफल गरेर स्वामित्व लिने निर्णय गरेका हौं ।
कम्पनीले ग्राउन्डेड विमानको मर्मतसम्भार समेत सुरु गरिसकेको जनाएको छ । कम्पनीले काठमाडौंबाट पोखरा, भद्रपुर, विराटनगर, नेपालगन्ज, भैरहवा, जोमसोम, लुक्ला, धनगढी र भरतपुर उडान सञ्चालन गर्ने तयारी गरेको छ ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute