हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
post संसारकोखबर.कम
२७ बैशाख, काठमाडौं । सरकारले सुनचाँदी आयातको कोटामा नियन्त्रण गर्दा बजारमा कालो बजारी बढ्दै गएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । शुक्रबार अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी नेपाल सुनचाँदी व्यवसायी महासंमा आबद्ध व्यवसायीहरुले तत्काल कोटा बढाएर कालोबजारीलाई निरुत्साहित गर्न आग्रह गरेका छन् ।
भेटवार्तामा महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायीहरुलाई पनि सुनको आयात गर्ने अधिकार प्रदान गर्न मन्त्रीसमक्ष ९ सुत्रिय माग प्रस्तुत गर्नुभएको थियो । बढ्दो माग र आपूर्तिको तालमेल नमिल्दा व्यवसायीहरु असुरक्षीत बन्दै गएको बताउँदै उहाँले व्यवसायीहरुको सुरक्षाको समेत माग गर्नुभयो ।
सरकारले सुनको आयातमा कडाई गर्दा सुनचाँदी व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जानकारी दिँदै महासंघको व्यवसायीक प्रतिनिधिमण्डलले कालोबजारीका कारण राज्यलाई प्राप्त हुने राजस्व समेत गुम्दै आएको बताएका छन् । समयमै विवेकपूर्ण निर्णय लिन व्यवसायीहरुले अर्थमन्त्रीलाई आग्रह गरेका छन् । विवाहको लगनमा बजारमा ४५ किलो सुनको माग भएपनि सरकारले १५ किलोको आपूर्ति व्यवस्था गरिदिँदा सुनको माग धान्न मुस्किल परेको व्यवसायीहरुको भनाई थियो ।
व्यवसायीहरुको कुरा सुनिसकेपछि मन्त्री कोइरालाले सुनचाँदी उद्योग जोगाउने दायित्व सरकारको भएकाले मध्यमार्गी निकास लिएर आउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । महासंघका अनुसार अहिले मुलुकभर सुनचाँदीका १२ हजार पसल, ५० हजार कालिगढ र आश्रति परिवारको संख्या १५ लाख रहेको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !