Headlines News :
Home » » उत्तरकोरियाद्वारा अमेरिकन बन्दीको अपराध सार्वजनिक

उत्तरकोरियाद्वारा अमेरिकन बन्दीको अपराध सार्वजनिक

Written By Unknown on Friday, May 10, 2013 | 11:25 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्योङयाङ, २८ बैशाख । उत्तरकोरियाले बन्दी बनाएका अमेरिकी नागरिक पाई जुन होले गरेको अपराधको सूचि सार्वजनिक गरेको छ । उनले उत्तरकोरियाविरुद्ध शत्रुतापूर्ण व्यवहार गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

उनले गरेका अपराधलाई हेर्दा मृत्यु दण्ड वा आजीवन कारावासको सजाय पाउन सक्ने सम्भावना रहेको भएपनि उत्तरकोरियाको सर्वोच्च अदालतले उनलाई १५ वर्षको श्रम कारावासको सजाय तोकेको बताइन्छ ।

संयुक्त राज्य अमेरिका र विभिन्न सञ्चार माध्यमले पाईलाई पारदर्शी किसिमले सुनुवाई नगरिएको र प्योङयाङले यस मुद्दालाई राजनीतिक बार्गेनिङको विषय बनाएको आरोप लगाएका छन् ।

पाईले उत्तरकोरियाविरुद्ध शत्रुतापूर्ण अभियान चलाएको र विदेशमा बसोबास गर्ने उत्तरकोरियाली नागरिक र विदेशीहरुलाई उत्तरकोरियाविरुद्ध आक्रमणका लागि उक्साउने गरेको बताइएको छ ।

पाईले १ हजार ५०० भन्दा बढी मानिसहरुलाई उत्तरकोरियाली मजदुर पार्टीको जुछे विचार र उत्तरकोरियाको समाजवादी प्रणालीविरुद्ध भाषण दिएको र उनीहरुलाई त्यहाँको सत्ता समाप्त पार्न उक्साएको आरोप लगाइएको छ ।

रासोन सहरमा पर्यटकको भेषमा आएका उनलाई गत वर्षको नोभेम्वरमा उत्तरकोरियाविरुद्ध भाषण दिइरहेका बेला २५० जना विद्यार्थीबीचबाट रङ्गे हात पक्राउ गरिएको थियो ।

ग्त नोभेम्वर ३ मा उत्तरकोरियाविरुद्ध शत्रुतापूर्ण काम गरिरहेको अवस्थामा पाइलाई पक्राउ गरिएको र उनलाई उत्तरकोरियाको सत्ता समाप्त पार्ने अपराधमा मुद्दा चलाइएको बताइएको छ ।

उत्तरकोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले गत आइतबार पाईको मुद्दाको विषयमा वासिङ्टनबाट कुनैपनि कुटनीतिज्ञलाई आमन्त्रण नगरिने स्पष्ट पारिसकेका छन् । संयुक्त राज्य अमेरिकाले भने पाइको तत्काल रिहाईको माग गरेको छ । वासिङ्टन राज्यका निवासी पाई सन् २००९ देखि उत्तरकोरियामा पक्राउ परेका छैठौं अमेरिकी अपराधी हुन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute