हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
मनिला, २८ बैशाख । फिलिपिन्स कम्युनिष्ट पार्टीको सैन्य दस्ता नयाँ जनसेनाले उत्तरी प्रान्त कलिङ्गामा निर्वाचन आयोगका कर्मचारीहरु समेत रहेको सुरक्षाकर्मीको गाडीमा एम्बुस आक्रमण गरेका छन् । फिलिपिन्स सरकारले विद्रोहीहरुद्वारा गरेको सो आक्रमणको शुक्रबार निन्दा गरेको छ ।
मे १३ मा हुने आम निर्वाचनको तयारीका लागि सुरक्षाकर्मीको स्कर्टिङमा जाँदै गरेका निर्वाचन आयोगका कर्मचारीलाई निर्वाचन बहिस्कार गर्दै आएका माओवादी विद्रोहीहरुले आक्रमण गरेका हुन् । सो आक्रमणमा दुई जना सरकारी सेनाको मृत्यु भएको उपराष्ट्रपतीय कार्यालयका प्रवक्ता एविगेल भाल्तेले बताएकी छिन् । उनले माओवादी आक्रमणका बावजुद पनि मे १३ मा हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गरिने दाबी गरेकी छिन् ।
माओवादी विद्रोहीहरुको आक्रमणपछि पनि सरकारी सेनाले निर्वाचन आयोगका कर्मचारीहरुलाई बचाउन, निर्वाचन सामाग्री र मतदान मेसिनको सुरक्षा गर्न सफल भएको भाल्तेले बताइन् ।
सन् २०१० मे ७ मा भएको आम निर्वाचनमा समेत माओवादीहरुले दक्षिणी प्रान्त डाभाओ ओरियन्टलको तागुइबो गाउँ र माटी नगरमा यस्तो आक्रमण गरेको तर उनीहरुको आक्रमणबा बावजुद पनि निर्वाचन सम्पन्न गरिएको बताइन् ।
फिलिपिन्स सरकारले नियमित रुपमा निर्वाचन गरी यसमा सफलता प्राप्त गरेको बताउँदै आएपनि यस्ता निर्वाचनमा जनताको सहभागिता अत्यन्तै न्युन हुने गरेको बताइन्छ । देशका ६० वटा प्रान्तमा माओवादीहरुको प्रभाव रहेकाले सरकारले गराउने निर्वाचन केवल नाम मात्रको हुने गरेको समेत बताइन्छ ।
चार दशक भन्दा बढी समयदेखि फिलिपिन्समा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यले जनयुद्ध लडिरहेका माओवादी विद्रोहीहरुले देशका ६० प्रान्तमा आफ्नो राम्रो उपस्थिति जनाइसकेका छन् ।

0 comments :
Speak up your mind
Tell us what you're thinking... !