Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल वि.सं. २०७० चैत्र १२ गते बुधबार तदनुसार ईश्वीसन् २०१४ मार्च २६ तारिख

आजको पञ्चाङ्ग र राशीफल वि.सं. २०७० चैत्र १२ गते बुधबार तदनुसार ईश्वीसन् २०१४ मार्च २६ तारिख

Written By Unknown on Tuesday, March 25, 2014 | 11:50 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

 आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तपाईंले आफ्नै विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्नु हुनेछ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ। वर्तमान समयलाई भरपूर सदुपयोग गर्नुहोस्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो। आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ। पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन्। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रो छैन। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ। यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ। विचार गरेर काम गर्नुहोला। मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाईंले सम्पति प्राप्त गर्ने सम्भावना छ। पारिवारिक जीवन पनि संतोषप्रद हुनेछ। साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुने सम्भावना छ। व्यस्त दिनचर्या कायम हुनेछ। दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। विपरीत लिङ्गी वा जीवनसाथीसित सकारात्मक सम्बन्ध रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन। शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन्। पेसागत र व्यवसायिक परिस्थति पनि बिग्रँदै जानेछ। स्वास्थ्य सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन ल्याउने छ। हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस्। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला छ। आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ। तपार्इंले गरेका कामको प्रशंसा हुनेछ। आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो। इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अति प्रतिकूल समय छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ। बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न। अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला। अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तपाईंको आत्मविश्वासमा अभिबृद्धि हुनेछ। दाजुभाइ र दिदीबहिनीमा पनि खुसीको वातावरण बन्नेछ। मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध अत्यन्त राम्रो हुनेछ। तपाईं यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ भने बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ। स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना पनि छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तपाईं अत्यन्त प्रसन्न रहनु हुनेछ। आज आर्थिक लाभ प्राप्त हुनेछन्। परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ। आत्मीयजनहरूसँग भेटघाट हुनेछ। मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन्। यात्रा सफलतम सिद्ध हुनेछ। यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने सङ्केत छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज तपाईंले कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ। मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न। स्वास्थ्य अनुकूल हुनेछ। मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन्। यात्राबाट लाभदायक परिणाम प्राप्त हुने छ। मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ। स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय होइन। अनावश्यक यात्राबाट जोगिनुहवस्। परामनोवैज्ञानिक र गूढ रहस्यप्रति तपाईंको झुकाव हुनेछ। मुखलाई नियन्त्रणमा राख्नुस्। कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ। जुवातास र सट्टाबाजीबाट जोगिनुहवस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
तपाईंका मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन्। आज तपाईंको महत्वाकांक्षा र इच्छाहरू पूर्ण हुनेछन्। कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ। लामो दूरीको यात्रा हुने प्रबल सम्भावना छ। समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute