Headlines News :
Home » » हराइरहेको बिमान अपहरण भएको निश्कर्ष

हराइरहेको बिमान अपहरण भएको निश्कर्ष

Written By Unknown on Saturday, March 15, 2014 | 4:09 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

क्वालालम्पुर, चैत्र १ - मलेसियाली अधिकारीले एक सातादेखि बेपत्ता मलेसियन एयरलाईन्सको बिमान अपहरण भएको हुनसक्ने निश्कर्ष निकालेका छन् । २२७ यात्रु र १२ चालक दलका सदस्यसहित मलेसियाको क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङ उडेको बिमान सातादेखि बेपत्ता छ । मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले फ्लाइट एमएच३७० को सञ्चार प्रणाली कसैले बन्द गरिदिएको दाबी गरे । स्याटलाईट र राडारको आधारमा संकलित सूचनामा बिमानले बाटो परिवर्तन गरेको देखिएको उनले बताए । सञ्चार प्रणाली बन्द गरेपछि बिमान थप ७ घण्टा उडेको हुनसक्ने मलेसियाली अधिकारीको निश्कर्ष छ । हराइरहेको बिमानबारे मलेसियाको आधिकारीक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री रजाकले मलेसियाको पूर्वी समुद्री किनारमा पुगेपछि बिमानको सञ्चार प्रणाली बन्द गरिएको प्रमाण पाइएको बताए । मलेसिया र भियतनामको ट्राफिक कन्ट्रोलको बीचमा बिमानको पहिचान चिन्ह दिने ट्रान्सपोन्टरको स्वीच अफ गरिएको प्रधानमन्त्रीले भने । मलेसियाली सैनिक राडारले बिमान मलेसियातर्फ फर्किएर उत्तर-पश्चिमदिशातर्फ लागेको संकेत दिएको थियो । प्रधानमन्त्री रजाकले राडारको सम्पर्क बिच्छेद भइसकेपछि स्याटेलाइटलेसात घण्टाभन्दा बढी बिमान उडेको संकेत देखाएको जानकारी दिए । उनले नयाँ तथ्यसँगै खोजी कार्य नयाँ चरणमा प्रवेश गर्ने जानकारी दिए । उनले खोजीमा संलग्न अधिकारीहरु अब बिमान र त्यसमा सवार यात्रुबारे केन्द्रीत रहने बताए । प्रधानमन्त्रीको पत्रकार सम्मेलनलगत्तै प्रहरीले बिमान चालक जाहिरी अहमदको क्वालालम्पुरस्थित घरमा छापा मारेको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute