Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७० साल फाल्गुन २८ गते बुधबार

आजको पञ्चाङ्ग र राशीफल २०७० साल फाल्गुन २८ गते बुधबार

Written By Unknown on Tuesday, March 11, 2014 | 2:18 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आजको पञ्चाङ्ग आज मिति २०७० साल फाल्गुन २८ गते बुधबार, तदनुसार मार्च १२ सन् २०१४, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चल्दै छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको एकादशी तिथि २३ घटि ४४ पला अर्थात दिनमा ३ बजेर ४९ मिनेटसम्म त्यसउप्रान्त द्वादशी तिथिमा लाग्नेछ । आज सूर्य कुम्भ राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान २९ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १९ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।

आजको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यमा एक्कासि खरावी आउने छ, खानपानमा ध्यान पु-याउनुहोला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको सहयोगले अधुरो कार्य पूरा हुने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन खराब रहेकोछ सजक हुनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आरोग्यता, प्रशन्नता, सवै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।

 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउनेछ ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान मिल्ने, आफन्तसंग भेटघाट हुनेछ, दिन रमाइलो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफन्तबाट विरोध हुने, पेशा प्रति असन्तुष्टि हुदै जानेछ, आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आदरसत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुनाले घरमा नयाँ चहलपहल हुने, अधुरा कार्य पूरा समय मध्यम रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ होसियारी अपनाउनु होला ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७० साल फाल्गुन २८ गते बुधबार बिहान ६:१९ बजेदेखि ७:४९ बजेसम्म लाभ बेला, बिहानमा ७:४९ बजेदेखि ९:१९ सम्म अमृत बेला, बिहानमा ९:१९ बजेदेखि १०:४९ बजेसम्म काल बेला, बिहानमा १०:४९ बजेदेखि १२:१९ बजेसम्म शुभ बेला, बिहान १२:१९ बजेदेखि दिनमा १:४९ बजेसम्म रोग बेला, दिनमा १:४९ बजेदेखि ३:१९ बजेसम्म उद्वेग दिनमा ३:२० बजेदेखि ४:४९ बजेसम्म चर साँझ ४:४९ बजेदेखि ६:१९ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकाल समय: दिनमा १२:१० बजेदेखि ४:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -



हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute