Headlines News :
Home » » ५ जनाको मृत्‍यु हुने गरी बम बिस्फोट गराउने जनकपुर वम काण्डका योजनाकार सार्वजानिक

५ जनाको मृत्‍यु हुने गरी बम बिस्फोट गराउने जनकपुर वम काण्डका योजनाकार सार्वजानिक

Written By Unknown on Friday, March 7, 2014 | 7:30 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

जनकपुर, फाल्गुन २२ - पाँच जनाको ज्यान जाने गरी रामानन्द चोकमा गराइएको वम विष्फोट तथा सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याका मुख्य योजनाकार अर्जुन सिंह भन्ने मुकेश चौधरीलाई विहीवार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले चौधरीलाई धनुषाकै सीमावर्ती नगराईन गाविस ९ जटहीबाट आईतवार पक्राऊ गरेको थियो । चौधरीमाथि कम्तीमा पनि १० हत्या, दर्जनौं अपहरण, चन्दा असुलीलगायतका आपराधिक घटनाघटाएको आरोप प्रहरीले लगाएको छ । सिंगै जनकपुर फागु पर्वको खुसियाली मनाई रहेको वेला २०६६ फागुन १७ गते जनकपुर टुडे सञ्चार समूहका प्रमुख अरुण सिंहानियालाई शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । यसै गरी २०६९साल वैशाख १८ गते जानकी नवमीको दिन मिथिला राज्य संघर्ष समितिको आह्वानमा जारी शान्तिपूर्ण धर्नालाई लक्षित गरी गराइएको शक्तिशाली बम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भन्ने ३२ सर्वसाधारण घाइते भएका थिए । प्रहरी अनुसन्धानमा दुबै घटनाको मुख्य योजनाकार अर्जुन सिंह भन्ने मुकेश चौधरी रहेको उल्लेख छ । प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले पत्रकार सममेलनमा दिएको जानकारी अनुसार चौधरीले २०६७ सालमा महेन्द्र बहुमखी क्याम्पस बाँकेका क्याम्पस प्रमुख रन्जित राम पाठकलाई अपहरण गरी बन्धक बनाई ७ लाख फिरौती लिएको, २०६८ चैत्र १७ गते राति दुई वजे जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी जलेश्वरस्थित कार्यालय भवनमा रिमोर्ट कन्ट्रोल बम विष्फोट गराएको, २०६६ माघ १२ गते नेपालगन्ज निवासी बाँके जिविसमा कार्यरत गाविस सचिव ईन्द्रबहादुर श्रेष्ठलाई गोली हानी हत्या गरेको, २०६९ माघ ११ गते नेपालगन्ज नगरपालिका स्थित भेरी अस्पताल अगाडी नेपालगन्ज नगरपालिकाका २८ वर्षीय गौरव मल्ललाई गोली हानी हत्या प्रयास गरेको, २०६९ फागनु ७ गते बाँके उद्योग बाणिज्य संघको निर्वाचनको समयमा बाँके खुद्रा ४ का दलबहादुर थापालाई गोली प्रहार गरी हत्या गरेको, २०७० मंसिर १८ गते बारा जिल्ला क्षेत्र नं. ४ का एमाले पार्टीका तर्फबाट दोस्रो संविधान सभा निर्वाचनका उमेदवार मोहमद आलमलाई एमाले नेता रामचन्द्र कुशवाहा प्यासी र राजन प्रताप समुहले हत्या गरेको घटनामा राजन प्रतापको सल्लाह बमोजिम जिम्मेवारी लिएको तथा तराई जनतान्त्रिक पार्टी मधेश र राजन प्रतावको तराई मुक्ती टाईगर्स समूहवीच भएको कार्यगत एकता अनुसार संयुक्तरुपमा दोस्रो संविधान सभा निर्वाचन विथोल्नका लागि नवलपरासी र सिरहा जिल्ला लगायतका जिल्लाहरुमा बम विफोटन लगायतका घटनामा समेत संलग्नता देखिएको छ । तत्कालीन प्रहरी अनुसन्धान ब्युरोका प्रमुख तथा वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वको टोलीले जनकपुरमा पत्रकार सम्मेलन गरी पााच जनाको ज्यान जाने गरी रामानन्द चोकमा गराइएको वम विष्फोटको मुख्य योजनाकार मुकेश चौधरी रहेको जानकारी दिएका थिए । उक्त विस्फोटमा संलग्न रहेको आरोपमा शिवम् भने जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, जितेन्द्रलाल कर्ण तथा छोटु भनिने रिपेन्द्र झा पुर्पक्ष थुनामा छन् । बमकाण्डको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले 'अपरेसन रामा' सञ्चालन गरी अनुसन्धान गरेका थिए । उक्त विष्फोटनमा परी जनकपुर ८ वलवा टोलका ३५ वर्षीय विमल शरणको घटनास्थलमै मृत्यु भएको थियो । चर्चित अभिनेतृ रंजु झा, रिक्सा चालक तथा प्रचारक झगरु दास तथा जनकपुर ८ कै सुरेश उपाध्यायको उपचारको क्रममा जनकपुर अंचल अस्पतालमा मृत्यु भएको थियो । विष्फोटमा परी घाइते भएका दीपेन्द्र दासको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको थियो । वम विष्फोट बारे छानविन गर्न गठित केन्द्रीय व्युरोको टोलीले उक्त घटनामा स्थानीय व्यक्तीहरुको समेत संलग्नता रहेको आशंका गरेका थिए तर मुख्य आरोपी पक्राउ नपरेसम्म सो विषयमा केही भन्न नसकिने उनिहरुको तर्क थियो । मुख्य योजनकार भनिएका चौधरी पक्राउ परे पछि हुदयविदारक उक्त घटनाको रहस्योदघाटन हुने आशा गरिएको छ । संचार उद्यमी अरुण सिंहानियाको हत्या अनुसंधान गर्न वरिष्ठ प्रहरी उपरीक्षक विजय भट्टको नेतृत्वको केन्द्रीय छानबीन समितिले हालसम्म अनुसन्धानको प्रारम्भिक रिपोर्टसम्म सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलनमा सहभागी संचारकर्मीहरुले सिंहानिया हत्यामा प्रहरीको भूमिकामाथि पनि सवाल उठाएका थिए । उनिहरुले यस घटनामा समेत स्थानीय व्यक्तिहरुको संलग्नता हुन सक्ने आशंका गरेका थिए । प्रतिउत्तरमा नायव प्रहरी महानिरीक्षक अर्यालले अपराधी जो सुकै भए पनि कानूनको कठघरामा ल्याइने प्रतिवद्धता व्यक्त गरे ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute