Headlines News :
Home » » मलेसियामा १२ नेपालीको विचल्ली

मलेसियामा १२ नेपालीको विचल्ली

Written By Unknown on Tuesday, March 11, 2014 | 10:41 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ फागुन, मलेसिया । गतिलो कमाइ हुने विश्वासमा परेर रोजगारीका लागि मलेसिया आएका १२ जना नेपाली श्रमिकको विचल्ली भएको छ । म्यानपावरलाई एक लाख ६० हजार देखि दुई लाख ३० हजार रुपैयाँसम्म बुझाएर ०७० साउन ९ मा मलेसिया आएका उनीहरू अलपत्र परेका हुन् । अलपत्र पर्नेमा बाह्रविसे-१ सिन्धुपाल्चोकका रुपेश वस्नेत, वाह्रविसेकै नेकबहादुर श्रेष्ठ, पुर्ण थापा, विलाश भण्डारी, तागनडुवा-९ झापाका छत्रबहादुर खत्री, सुरुङ्गा-७ झापाका हरिप्रसाद मैनाली रहेका छन् । त्यसैगरी पाँचगाछी-८ झापा जीवन उप्रेती, अनारमनी-३ झापाका सपनकुमार आचार्य, सुरुङ्गा- ४ झापाका प्रकाश न्यौपाने, सुरुङ्गाकै पहलमान तामाङ, कुशेश्वर दुम्जा-४ सिन्धुलीका पेमा लामा योञ्जन र चितवनका श्रीराम ओली छन् । भेरीवेष्ट ओभरसिज र जवसेन्टर प्रालीलाई लाखौं बुझाएर मलेसियाको टिएससी सिपिङ मेन्टेनेन्स कम्पनीमा आएदेखि नै उनीहरु अफ्ठेरोमा परेका हुन् । कन्ट्रक्सन कम्पनीमा आउँदा दुतावासले गर्नुपर्ने प्रमाणिकरण नोटरी पब्लिकबाट भएको पाइएको छ । पानी जहाजमा सजिलो काम हुने भन्दै म्यानपावरले झुक्याएर मलेसिया पठाएको पीडितहरुको भनाइ छ । एयरपोर्टमा लिन साजया कन्ट्रसन आएपनि पाल्देन, एमएमएचई टिएससी, डिडिएन कम्पनीसँग काम गर्दा आफहरुले कम्पनी नै नचिनेको पीडितहरुको भनाइ छ । ‘हामीलाई यता उता गर्दै नौ महिनासम्म झुलाइयो’ सिन्धुपाल्चोकका रुपेश बस्नेतले भने । १२ जनाकै भिसा भने एमएमएचई कम्पनीको लागेको छ । जहाजको काम भनेर ल्याएपछि उनीहरुलाई घाँस काट्ने,पाइप जोडने र बारी खन्न लगाइएको छ । ‘रातदिन काम गर्दा पनि तलव पाएनौ, १५ महनसम्म वालुवा बोक्नुपथ्र्याे’ अनारमनिका सपनकुमार आचार्यले भने । मलेसिया आएको नौ महिना बितिसक्दा पनि उनीहरुले दुई महिनाको पनि तलब पाएका छैनन । काम लगाएर तलव दिने बेलामा एउटाले अर्को कम्पनीलाई देखाउँदै ठगेपछि निराश भएका उनीहरुलाई बसेको ठाउँ छाड्न भनेपछि नेपाली दूतावासको शरणमा आएका हुन् । ‘काम गरेको तलब माग्दा बसेको ठाउँबाट निकालेपछि दूतावासमा आएका हौं, यो भन्दा जाने ठाउँ छैन’, चितवनका श्रीराम भण्डारीले भने ‘हामीलाई नेपाल फर्काउने वातावरण मिलाईयोस ।’ नेपालबाट मलेसिया पठाउने दुबै मेनपावरका सञ्चालक यतिबेला उनीहरुको सम्पर्कमा छैनन । ‘मेनपावर सञ्चालकहरु मलेसिया आएर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ’, नेपाली दूतावासका द्धितीय सचिव चक्र सुवेदीले भने । समस्या समाधानका लागि दूतावासले नेपालस्थित म्यानपावरलाई पत्र काटिसकेको छ । विचल्लीमा परेका १२ जना नेपालीहरुलाई दूतावासमा सेल्टर हाउस नहुँदा खाने बस्ने पिरलोले सताएको छ । स्थानीय एक होटलमा दैनिक दुई सय ४० रिंगेट बुझाएर उनीहरुले रात कटाईरहेका छन । पैसा नभएपछि एकछाक मात्रैले पेट भरिरहेको झापाको सुरुङ्गाका हरिप्रसाद मैनालीले बताए । नेपाली दूतावासले सोमवार तीन सय रिंगेट दिएको थियो । त्यो रकम सकिएकाले उनीहरु भोकभोकै पर्ने अवस्थामा छन् । आफूहरु बसेको ठाउँमा झोला राख्न पनि नपाएपछि उनीहरुले मंगलवार साँझ झोलाहरु प्रगतिशील प्रवासी श्रमिक मञ्चको कार्यालयमा राखेका छन् । वुधवार विहानको खाना उनीहरुलाई स्थानीय मगर संघ खुवाएको छ भने साँझको टुंगो थिएन । ‘विहानैदेखि दूतावासको दैलो कुरेर बस्छौं, साँझ र्फकन्छौ, कसैले नभोगेको हण्डर पायौं ।’ उनीहरुको सामुहिक भनाइ छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute