काठमाडौँ, फाल्गुन २८ । नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गरिसकेपछिको अवस्था र राजसंस्था रहँदा त्यहाँ भित्र भए गरेका विभिन्न क्रियाकलाप समेटिएको पुस्तक आज राजधानीमा सार्वजनिक गरिएको छ । लामो समय राजदरबारमा काम गरेका बुद्धिबहादुर गुरुङ्गले लेखेको पुस्तक ‘नारायणहिटी दरबार संग्रहालय’ नामक पुस्तकको आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले विमोचन गरेका हुन् । पुस्तकमा नारायणहिटी दरबारको ऐतिहासिक पृष्ठभूमि समेत समावेश गरिएको छ । पुस्तकको अँग्रेजी अनुवाद पनि सोही कार्यक्रममै सार्वजनिक गरियो । कार्यक्रममा पुस्तकका लेखक गुरुङ्गले पुस्तक विक्रीबाट उठ्ने केही रकम संग्रहालयका कर्मचारीको हक, हितका लागि कोष खडा गर्न खर्च गर्ने बताए । त्यस क्रममा संस्कृतिमन्त्री आचार्यले जातीय र क्षेत्रीय संघीयतामा जाँदा मुलुक अप्ठेरोमा पर्ने बताए । उनले मुलुक धर्मनिरपेक्ष हुनुको अर्थ जसले जे गरेपनि हुन्छ भन्ने सोच्नु गलत हुने बताएका छन् ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !