Headlines News :
Home » » नङ टोक्ने बानीले पुर्‍यायो मृत्युको मुखमा

नङ टोक्ने बानीले पुर्‍यायो मृत्युको मुखमा

Written By Unknown on Saturday, March 15, 2014 | 11:15 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


चैत्र १, एजेन्सी - नङ टोक्ने बानि छ? त्यसो भए सचेत हुनुस् । बेलायतमा एक व्यक्तिले यही नङ्ग टोक्ने नराम्रो बानीले गर्दा ज्यान गुमाउनु परेको छ । बच्चै बेलादेखि नङ टोक्ने बानि रहेका जोन गार्डनर नामक ती व्यक्तिले नङ्ग टोक्दाटोक्दै अचानक मुटुले काम गर्न छाडेपछि उनको मृत्यु भएको हो । दुई हप्तासम्म अस्पतालमा राखेर उपचार गर्ने क्रममा ती व्यक्तिको मृत्यु भएको डेली न्युजले जनाएको छ । अस्पतालका अनुसार नङ टोक्ने बानीले उनलाई सेप्टिक इन्फेक्सन भएको थियो । यही इन्फेक्सनले गर्दा उनको मुटुले अचानक काम गर्न छाड्यो र उनी मृत्युको मुखमा पुगे । अपरेसनपछि उनको शरीरमा रहेको नङ्गको अवशेष निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो तरपछि अचानक उनको मृत्यु भयो । जोनका डाक्टर डेनियल भेरोनका अनुसार जोनले आफ्नो नङ यति टोकेका थिए कि उनको औंलाको टुप्पाहरु छियाछिया भएका थिए । जोनकी आमाका अनुसार जोन डाइबिटिजका बिरामी थिए र डिप्रेशनसँग लडि रहेका थिए । उनको मुटुले काम गर्न छाडेपछि उनलाई एन्टिबायोटिक दबाई दिएर उपचार गरिएको थियो । त्यसपछि उनको शरीरबाट नङ्गको अवशेषहरु सर्जरी गरेर निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो । तर पनि उनलाई बचाउन भने नसकिएको डेली न्युजमा खबर छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute