Headlines News :
Home » » आजको राशिफल

आजको राशिफल

Written By Unknown on Wednesday, March 5, 2014 | 7:35 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने दिन हो। वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ। सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ। प्रयास र प्रतिस्पद्र्धामा सफलता मिल्नेछ। बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – खराब समय छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ, तर आफन्त वा घरपरिवारबाट पनि यात्राका लागि आवश्यक सहयोग मिल्ने छैन। तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ। मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह) – व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन। झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला, विजय तपाईंले नै प्राप्त गर्नुहुनेछ। परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनको कार्यमा समय दिने फुर्सत पाउनु हुन्न। प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तिक्तता आउने सङ्केत छ। हुन त शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ। सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – हिजोआज राम्रै समय चल्दैछ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन्। खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ। दानदक्षिणा र सरसहयोग गर्दा धनखर्च हुने योग छ। शुभ कुराको सङ्केत मिल्नेछ। कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समय राम्रो छैन। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ। धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ। गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला। अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ। तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ। तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते) – विवाहितको दाम्पत्य जीवन असल हुनेछ भने अविवाहितका लागि कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ। छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ। उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – समय केही उल्झन पूर्ण देखिन्छ। चालु पेशा वा व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिने छ। पढाइलेखाइमा जाँगर चल्दैन। आमा वा मामाको आशीर्वाद र शुभकामना प्राप्त गर्न सकेमा आजको दिन तपाईंका लागि भाग्यशाली भएर देखा पर्नेछ। धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – विद्यार्थीका लागि आफुले आनो क्षमता प्रदर्शन गरी स्याबासी पाउने दिन हो, आज। कुनै भौतिक सुविधाको दीर्घकालिक जोहो हुने सम्भावना छ। आज चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ, जेजस्ता अप्ठ्यारा र तनाव भए पनि आजको चिन्तन र उपाय तपाईंका लागि महत्त्वपूर्ण बन्न सक्छ। मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ। अध्ययन, अध्यापनमा रुचि हुँदैन। घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ। कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ। गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला। कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द) – सुखद यात्राको सम्भावना छ। चिताएको काममा सफलता पाउनु हुनेछ। साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ। दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ। आर्थिक रुपमा सबल हुनुहुनेछ, रोकिएको आर्थिक कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ। मायाप्रेमका लागि समय जुट्ने छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ र आत्मबल बढ्ने छ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute