काठमाडौं : पोखराबाट उडेर म्याग्दी पुगेको प्याराग्लाइड दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। म्याग्दीको गाइवाङ गाउँस्थित सालिमे भीरमा प्याराग्लाइड दुर्घटना भएको स्थानीयबासी मोहनबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा घाइते अर्का एक विदेशी र मृतक प्याराग्लाइडरको उद्धारका लागि सिम्रिक एअरको हेलिकोप्टर घटनास्थल पुगेको छ। पोखराबाट उडेको प्याराग्लाइडमा एक जना अमेरिकी र एक चेकोस्लोभाकियाका नागरिक थिए। घाइते तथा मृतकको उद्धार कार्य भइरेको छ। विस्तृत विवरण आउन बाँकी छ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !