
नारायणी उपक्षेत्रीय अस्पतालमा ४ खुट्टा र छातीमुनिबाट मासुको डल्लो झुन्डिएको अवस्थामा शिशु बालिकाको जन्म भएको छ । जन्मिएकी नवजात शिशु को आर्थिक अभावले उपचारमा समस्या भएको छ । भारत मोतिहारी बिसुनपूर्वाकी गीता ठाकुरले आफ्नो शिशु को उपचारमा समस्या भएको बताइन् । बारा पिपरपाती गाविसस्थित माइती बस्दै आएकी उनले आइतबार साँझ ४ बजे अस्पतालमा अनौठो शरीर भएकी छोरी जन्माएकी थिइन् । शरीरका अन्य अंग ठीक छन् । शिशु का ४ खुट्टा र छातीमुनिबाट दाहिनेतर्फ ठूलो मांसपिण्ड पेट बाहिर निस्केको छ । उक्त मांसपिण्ड आमाशयजस्तो देखिन्छ । त्यस बाहेक दाहिनेतर्फ प्राकृतिक रूपमा छातीमा झुन्डिएको मांसपिण्डमा २ खुट्टा छन् । हातका औंला सामान्य छन् । दाहिने खुट्टामा चोर आंैलामात्र छ । ३ किलो ३ सय ५० ग्राम तौलकी शिशु अहिले स्वस्थ रहेकी छन् । आमाको दूधसमेत सामान्य शिशु झैं चुस्न थालेकी छन् । शिशु हेर्न आउनेको भीड लागेको छ । अस्पतालले शिशु स्वस्थ रहे पनि आवश्यक शल्यक्रिया र उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पतालको प्याडि्रयाटि्रक सर्जरी डिपार्टमेन्टमा रिफर गरेकाले विपन्न दम्पतीलाई समस्या भएको जनायो । राजधानीस्थित ठमेलमा सानो सैलुन चलाएर जिविका चलाइरहेका शिशु का बुवा शर्माले कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई राजधानी लग्न समस्या भएको बताए ।’सन्तानको माया कसलाई लाग्दैन,’ शर्माले भने, ‘छोरीको तत्कालै शल्यक्रिया गराउने इच्छा छ तर उपचार खर्च छैन ।’ शिशु की आमा गीताले आफ्नी छोरीलाई बचाइदिन सहृदयीहरूलाई आग्रह गरिन् । उनले यस अघिका आफ्ना २ छोरी र १ छोरामा यस्तो शारीरिक जटिलता नदेखिएको बताइन् । ‘आमाको मन न हो,’ गीताले भनिन्, ‘९ महिना कोखमा पालेको सन्तानलाई कुनै आमाले कसरी खेर गएको देख्न सक्छन् ।’ अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ शोभेन्द्रकुमार लालले नवजात शिशु को शारीरिक प्रकृति हेर्दा शिशु जुम्ल्याहा जन्मने खालको भए पनि जुम्ल्याहाका रूपमा विकास हुन नसकेर अर्को जुम्ल्याहाको केही शरीरको अंग यसै शिशु मा जोडिएको बताए । उनले झन्डै १ लाख शिशु मा एउटामा यस्तो अवस्था देखिने बताए ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !