Headlines News :
Home » , » नोकियामाथिको विश्वास अझै घटेको छैन’

नोकियामाथिको विश्वास अझै घटेको छैन’

Written By Unknown on Sunday, May 19, 2013 | 11:32 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


६ जेठ, काठमाडौं । कुनै समय बजारमा एक छत्र राज गर्न सफल नोकिया मोबाइल पछिल्लो समय पछाडी पर्न थालेको छ । उपभोक्ताको माग र रोजाई अनुसार समय सुहाउँदा सेटहरु बजारमा ल्याउन नसक्दा नम्बर वानमा रहेको नोकिया पछाडी पर्न गएको हो ।
nokia_lumia_620
‘पछिल्लो समय नेपाली बजारमा नोकियाको उपस्थिती २८ देखि ३० प्रतिशतको बिचमा छ’ नोकियाको नेपालका लागि आधिकारिक विक्रेता प्यारामाउण्ट इलेक्ट्रोनिक्सका महाप्रबन्धक पि्रयदर्शी रोयले भन्नुभयो- ‘अन्य कम्पनीहरुको एन्ड्रोइड स्मार्ट फोनसँग नोकियाका फिचर फोनलाई प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ ।’ उपभोक्ताहरु अहिले एन्ड्रोइड फोनतर्फ आकषिर्त बन्दै गएका छन् । ‘मान्छेसँग पैसा बढी भयो भने ब्राण्डेड एन्ड्रोइड स्मार्टफोन खोज्छ, कम पैसा भएमा सस्ता एन्ड्रोइड स्मार्टफोन खोज्छ’ रोयले आफ्नो अनुभव सुनाउनुभयो । तर, पनि नोकिया मोबाइलप्रति ग्राहकको विश्वास भने घटेको छैन ।
नोकियाका सस्ता मोबाइलमै ग्राहकको रुची
नोकिया ११०, नोकिया ११२ मोडल अहिले बजारमा राम्रो बिक्री भइरहेको पि्रयदर्शी रोय बताउनुहुन्छ । यी मोडलहरु नेपाली बजारमा प्रतिहप्ता हजार एघार सयको हाराहारीमा बिक्री हुँदै आएका छन् । १९ सयदेखि ७ हजार रुपैयाँसम्म पर्ने नोकिया ११०, १२८०, ११२, सि-२०१, सि-२०५, एक्स-२०२, लुमिया-५१० मोडलको बिक्री पनि अत्याधिक मात्रामा रहेको उहाँको भनाई थियो ।
नोकियाले पछिल्लो समय बजारमा ल्याएको विन्डोज-८ अपरेटिङ सिष्टम भएका लुमिया-६२०, लुमिया-८२० र लुमिया-९२० मोडल पनि ग्राहकको रोजाइमा पर्न सफल भएका छन् । नोकियाले छिट्टै लुमिया-५२० मोडल नेपाली बजारमा भित्राउँदै छ । एक जिबी ड्यूल कोर प्रोसेसर, ५ मेगा पिक्सेल क्यामेरा भएको यस मोडलको बजारमा मूल्य १६ हजारको हाराहारीमा पर्ने रोयले जानकारी दिनुभयो ।
एन्ड्रोइड स्मार्टफोनको दबाब
सामसुङ र आइफोनसँग प्रतिस्पर्धा गर्न पछिल्लो समय नोकियाले नयाँ-नयाँ भर्सन भएका स्मार्टफोनहरु ब्ाजारमा ल्याउन सुरु गरेको पि्रयदर्शी रोयले बताउनुभयो । नोकियाले अन्य कम्पनीका मोबाइलबाट ठूलो दबाब महशुस गर्नुपरेको बताउँदै उहाँले भन्नुभयो- ‘दबाब कम गर्न नोकियाका पछिल्ला उत्पादन सफल हुँदै गएका छन् ।’ नोकियाको आशा र लुमिया सिरिज उपभोक्ताको मन जित्दै आएका छन् ।
‘आशा किन्नुस बम्पर उपहार लैजानुस’
आशा सिरिजका सबै मोडेलहरु स्मार्टफोन हुन् । नेपालमा आशा सिरिजका १२ वटा मोडलहरु उपलब्ध छन् । नोकियाको नेपाली वितरक प्यारामाउन्ट र न्यू टेरिकले आशा ब्राण्डका स्मार्टफोनहरुको बजार प्रबर्द्धन गर्नको लागि नयाँ वर्षको अवसर पारेर उपहार योजनासमेत लागु गरेका छन् । उपहार योजना अन्र्तगत आशा सिरिजका १२ वटा मोडलहरुमध्ये कुनै पनि मोबाइल किन्ने ग्राहकहरुलाई लक्कि ड्र मार्फत उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले ७ पटकसम्म लक्कि ड्र गरेर प्रथम हुनेलाई बजाज मोटरसाइकल, द्धितिय हुनेलाई २ वटा डेल ल्यापटप र तेस्रो हुनेलाई ३ वटा मोबाइल प्रदान गर्ने महाप्रबन्धक रोयले बताउनुभयो । ग्राहकलाई यी मोडल किन्दा हात खाली जानुपर्दैन् । ग्राहकले न्यूनतम ४ सय रुपैयँदेखि २५ हजार रुपैयाँसम्म नगद पाउनेछन् ।
‘पहिलो चरणको लक्कि ड्र आज भोलीमा गछौर्ं’ रोयले भन्नुभयो- ‘यो योजनाले आशा सिरिजको बिक्री बढेको छ ।’ हाल बजारमा आशा-२००, आशा-२०२, आशा-२०५, आशा-२०६, आशा-३०५, आशा-३०६, आशा-३०८, आशा-३०९, आशा-३११, आशा-३०० र आशा-३०२ मोडल उपलब्ध रहेका छन् । यी मोबाइलको बजार मूल्य न्यूनतम ७ हजार रुपैयाँदेखि अधिकतम १२ हजार रुपैयाँसम्म रहेको छ । आशा सिरिज दूई सीम लाग्ने वाईफाई भएको स्मार्टफोन हो ।
१२ देखि १५ हजारको ग्याप अक्टोबरमा पुरिने
लुमिया विदेशी मुलुकहरुमा जस्तो उत्साहजनक रुपमा नेपालमा बिक्री बितरण हुन नसकेको कम्पनीको भनाई छ । अहिले नोकियाका ५० भन्दा बढी मोडल नेपाली बजारमा रहेका छन् । आशा स्मार्टफोन ७ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म र लुमिया स्मार्टफोन १५ हजार ५ सय रुपैयाँदेखि सुरु हुने बताउँदै पि्रयदर्शी रोयले भन्नुभयो- ‘अहिले बजारमा १२ देखि १५ हजार रुपैयाँसम्मका कुनै मोबाइल उपलब्ध छैनन् ।’ यो ग्याप पनि अक्टोबर महिनादेखि पुरा हुने उहाँको भनाई थियो ।
नोकिया मोबाइल हार्डवेयरमा सबैभन्दा उत्कृष्ट भएपनि सफ्टवेयरमा समय अनुसार अगाडी बढ्न नसक्दा पछाडी पर्न गएको हो ।


श्रोत  onlinkhabar


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute