Headlines News :
Home » » घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका सर्भेक्षकविरुद्ध मुद्दा दायर निवेदकलाई अख्तियार नै पैसा दिएर पठायो

घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका सर्भेक्षकविरुद्ध मुद्दा दायर निवेदकलाई अख्तियार नै पैसा दिएर पठायो

Written By Unknown on Thursday, May 16, 2013 | 6:11 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका नापी कार्यालय डिल्लीबजारका सर्भेक्षक श्याम बहादुर सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुर गरेको देखिकाले सोही दफा ३ (१) तथा ३ (१) -क) बमोजिम हदै सम्म सजायको माग गरी विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आशाकाजी महर्जनको गोङ्गबु ५ मा रहेको जग्गाको हाल साविकका क्रमा फिल्ड निरीक्षणका खटिएका सिलवालले घुस मागेका थिए ।
फिल्ड निरीक्षणपछि १ हजार लिएका उनले बाँकी कामका लागि थप १० हजार मागेपछि महर्जनले अख्तियारमा उजुरी दिएका थिए । निवेदनका आधारमा अख्तियारले नै महर्जनलाई ८ हजार दिई पठाएका थिए भने अनुगमन टोली पनि खटिएको थियो । मर्हजन र सर्भेक्षक सिलवाल नापी कार्यालयको ट्वाईलेटमा गई फर्के पश्चात आयोगको टोलीले नियन्त्रणमा लिई कार्यकक्षमा लगि कार्यालय प्रमुख विजय कुमार महतो समेतको उपस्थितिमा शरीर तलासी गरेको थियो । त्यस क्रममा उनको मनी ब्यागमा ७ हजार बरामद भएको थियो ।
आˆना कर्मचारीलाई अनुशासित राख्न नसकेको, सेवाग्राहीहरुलाई पर्न गएको पिर मर्का तथा गुनासाहरु सुन्ने सुनाउने भरपर्दो व्यवस्था नगरेको भन्दै अख्तियारले नापी कार्यालय डिल्लीबजारका प्रमुख विजयकुमार महतोलाई सचेत गराएको उपसचिव एवं सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कारण घुस लेनदेन कार्य मौलाएको पाइएको भन्दै अख्तियारले अब उप्रान्त यस प्रकारका गलत काम कारबाही पुनः दोहोरिन नदिनका लागि क्रियाशिल रहन र सवै सेवाग्राहीले देख्न र पढ्न सक्ने गरी कोहि कसैलाई कार्यालयवाट उपलब्ध हुने सेवा सुविधाका सम्बन्धमा समस्या परेमा वा नागरिक वडापत्रमा उल्लेख भए बमोजिमको काम कारबाही नभएमा वा नगरेमा, सम्बन्धित प“mाटवाला कर्मचारीहरुवाट ढिलासुस्ति हैरानि वा झन्झट दिएमा तत्काल कार्यालय प्रमुखसंग आˆना गुनासाहरु राख्न सक्ने व्यवस्था पनि भनेको छ ।
onlian khabar 

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute