Headlines News :
Home » , » संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे

संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे

Written By Unknown on Thursday, May 16, 2013 | 6:23 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२ जेठ, काठमाडौं । बलिउड स्टार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । अब कानुनी प्रक्रिया पूरा गरेर उनलाई यरवदा जेल चलान गरिनेछ ।
श्रीमती, बहिनी र समर्थकहरुका साथ पाली हिलस्थित आफ्नो घरबाट टाडा कार्ट पुगेका उनलाई पत्रकार र समर्थकले घरेका थिए । उनले भने-’मलाई बाटो दिनुस् । मलाई माथि जानु छ । ताकि म अदालतमा पुगेर आत्मसमर्पण गर्न सकूँ ।’
sanjay-dutt

उनलाई लिन प्रहरीको बुलेटप्रुफ भ्यान उनको निवासमा नै पुगेको थियो । सन् १९९३ मा भएको मुम्बई विस्फोटसँग जोडिएको मुद्दामा सुपि्रम कोर्टले उनलाई ५ वर्ष जेल सजाय सुनाएका हुन् । यसअघि नै केही समय जेल बसेकाले उनले अब सोढ ३ वर्ष जेल बस्नु पर्नेछ ।
अदालतले उनलाई एक महिनासम्म घरको खाना खान छुट दिएको छ । तर, धुम्रपान गर्न पाउनु पर्ने उनको मागलाई अस्वीकार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फिल्मी करियर
अभिनेता सुनिल दत्तका छोरा संजयले सन् १९८१ मा रक्की फिल्मबाट बलिउडमा डेब्यू गरेका हुन् । उनी स्टार भने सबैभन्दा धेरै कमाइ गरेको मध्येको फिल्म विधाताबाट बनेका हुन् । बाल कलाकारका रुपमा भने उनले १९७२ मा रेश्मा और शेरामा अभिनय गरेका थिए । मे आवारा हुँ, जीवा, मेरे हक, इमान्दार, मर्दो वाली वात, हम भी इन्सान हे, कानुन अपना अपना, ताकतवार लगायतका उनका सफल चलचित्र हुन् ।
सन् २००६ मा रिलिज भएको लगे रहो मुन्ना भाई उनको ब्लकबास्टर सिक्वेल हो । उनको पछिल्लो रिजिल भएको फिल्म सन अफ सरदार हो, जसमा अजय देवगण मूख्य भूमिकामा छन् । अदालतले जेल सजाय सुनाएपछि पनि संजय पुलिस गिरीसहितका केही फिल्मको काम पूरा गरे भने केही अधुरो नै रहन पुग्यो ।
पारिवारिक जीवन
उनको पारिवारिक जीवन पनि उतार चढावपूर्ण नै रहृयो । १९८७ मा रिचा शर्मासँग विवाह गरेका उनले ९ वर्षपछि डिभोर्स गरे । उनले रिया पिल्लैसँग दोस्रो विवाह गरे । १९९८ मा भएको विवाह २००५ मा टुट्यो । २००८ मा उनले तेस्रो श्रीमतीका रुपमा मान्यतालाई भित्र्याए । उनका तीन सन्तान छन्


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute