Headlines News :
Home » » कर छल्नमा एप्पल माहिर

कर छल्नमा एप्पल माहिर

Written By Unknown on Tuesday, May 21, 2013 | 6:27 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


विश्वको सबैभन्दा लोकपि्रय ग्याजेट उत्पादक कम्पनी एप्पल कर छल्नमा पनि माहिर छ भन्ने कुरा सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अमेरिकी संसदको एक समितिले तयार पारेको प्रतिवेदन अनुसार एप्पल कम्पनीमा अमेरिकामा सबैभन्दा बढि कर छल्ने कम्पनीमध्ये एक हो ।
apple
सिनेटको एक समितिका अनुसार एप्पलले अरबौँ डलर आयकर छल्नका लागि निर्यातको विषयमा निकै जटिल वेब प्रणालीको प्रयोग गर्ने गरेको छ । जसका कारण एप्पलले गैरकानूनी रुपमा कर छलेको प्रमाण जुटाउन असम्भव हुने गरेको संसदीय समितिको भनाइ छ ।
संसदीय समितिले यस विषयमा बुझ्नका लागि एप्पल कम्पनीका प्रमुख टिम कुकलाई बोलाएको छ । एप्पलले भने उक्त बनिबनाउ रिपोर्टका बारेमा टिप्पणी गर्दै आफुले कर छल्नका लागि कुनै हतकण्डा नअपनाएको जिकिर गरेको छ ।
एप्पलले आफ्नो अरबौँ डलर नाफाको तुलनामा निकै कम मात्र आयकर बुझाउने गरेको बताइएको छ । एप्पल कम्पनीसँग अहिले नगद मौज्दात १४५ अर्ब डलर रहेको र त्यसमध्ये १०२ अर्ब अमेरिकाबाहिर रहेको संसदीय समितिको ठम्याइ छ ।
एप्पपले आफुले विदेशमा पैसा लुकाएर कर छलेको कुरा अस्विकार गर्दै कम्पनीले आर्थिक वर्ष २०१२ मा ६ अर्ब डलर आयकर तिरेको दाबी गरेको छ ।

onliankhabar

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute