Headlines News :
Home » » जनजाति महासंघको अधिवेशन आजबाट

जनजाति महासंघको अधिवेशन आजबाट

Written By Unknown on Saturday, May 11, 2013 | 3:52 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौ, वैशाख २८ - नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन शनिबारबाट चितवनमा सुरु भएको छ । थरुहट आन्दोलनका सहिद धनबहादुर थनेतका पिता कमल चौधरीले बैलुन उडाएर महाधिवेशनको उद्‍घाटन गरेका छन् । उपराष्ट्रपति परमानन्द झा उदघाटन सत्रमा आउने भनिएपनि उनी आएनन् ।

\'आदिवासी जनजातिको अभियान पहिचान सहितको संघीय समावेशी संविधान\' नारा लिएर महासंघले अधिवेशन गरेको हो । उदघाटन सत्रमा एमाओवादीका वर्षमान पुन, कांग्रेसका इन्द्रबहादुर गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ र संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई लगायतले मनतव्य राखेका छन् । उनीहरुले आदिवासीको साझा मुद्दामा एक भएर उभिने प्रतिवद्धता व्यक्त गरे ।

भरतपुरको विरेन्द्र वहुमुखी क्याम्पसमा भएको उदघाटन सत्रमा ५९ वटा आदिवासी जनजाति का जातीय संघ संठनले झाँकी सहित प्रदर्शन गरेका थिए । चुनाव भोलि र पर्सी सौरहामा हुन्छ । मुद्दा बलियो बनाएर साझा अधिकार प्राप्तीका लागि नेतृत्व चयनमा सहमति खोजिने महासंघका अगुवा नेताहरुले बताएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute