हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
यसरी भयो फिक्सिङ
दिल्ली पुलिसले बिहीबार पत्रकार सम्मेलन गरी फिक्सिङको प्रमाण सार्वजनिक गरेको छ । अजित चण्डिलले पुणे वारियर्सविरुद्धको खेलमा, श्रीसन्तले किङ्ग्स इलाभेन पन्जाव र अंकितले मुम्बई इण्डियन्सविरुद्धको खेलमा पैसा लिएर फिक्सिङ गरेको प्रहरीको दावी छ ।
अजितले सहमति अनुसार संकेत दिन सकेनन् । उनले तोकिएको रन दिने ओभरमा सुरु गर्नु अघि आफ्नो दुबै हातले टिसर्ट उचाल्नु पर्ने थियो तर, भुले । जसका कारण पैसा फिर्ताबारे छलफल भएको छ । २०/२० लाखको डिल भएको प्रहरीको दावी छ ।
दलालसँगको सम्झौता अनुसमर श्रीसन्तले आफ्नो दोस्रो ओभरमा १३ रन दिएका थिए । उनले लिएको रकम भने खुलेको छैन । सम्झौता अनुसार उनले पहिलो ओभरमा विना टावल बल फाले तर, रन दिनु पर्ने ओभरमा संकेतका लागि दोस्रो ओभरमा टावल राखे ।
आफ्नो दोस्रो ओभरममा १४ रन दिएका अंकितले ५० लाख लिएका थिए । उनले सूचना दिन नाडीमा बनेको घडी घुमाएर संकेत गरे ।
फोन ट्यापिङपछि खेलाडीहरुलाई पक्राउ गरिएको दिल्ली पुलिसले जनाएको छ । प्रहरीका अनुसार खेलाडीहरुले नगद रकम लिएका थिए । दिल्ली पुलिसले स्पट फिक्सिङलाई अण्डरवल्र्डसँग जोडेर हेरेको छ । छानविनका क्रममा खेलाडीहरुले स्पट फिक्सिङ र लण्डरवल्र्डका मानिसहरुले त्यस आधारमा ठूलो बाजी राख्ने गरेको प्रहरीको दावी छ ।
फिक्सिङको आरोपपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले तीन खेलाडीलाई निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !