हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
काठमाडौ, वैशाख ३१ - सशस्त्र द्वन्द्वको बेला जागिर छाडेका सेना र प्रहरीले नेपाल राष्ट्र सेवा दल घोषणा गरी संविधानसभा निर्वाचनमा सहभागी हुने भएका छन् ।संयोजक सूर्यबहादुर घिमिरेले सोमबार दल घोषणा गर्दै प्रत्यक्ष र समानुपातिकतर्फ देशैभर चुनाव लड्ने बताए ।
उनले आफूहरुले ५ बर्षदेअि अधिकारको लागि लड्दै आएपनि माग पूरा नभएकाले अब निर्वाचनबाटै प्रतिनिधित्व गरी माग पूरा गराउन अघि बढ्ने बताए । ्
राष्ट्र सेवा दलले निर्वाचन आयोगमा दल दर्ता गर्ने जानकारी समेत पत्रकार सम्मेलनमा जनाइएको छ । दलको ६४ जिल्लासम्म संरचना रहेको उहााको भनाई थियो । देशभर संगठन विस्तार गरी चुनावी तयारीमा सक्रिय भइसकेको बताउादै कात्तिक वा मंसिरको पहिलो साताभित्रै चुनाव हुनुपर्ने बताए । चुनाव ढिलाई गरे आफूहरु सशक्त आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिए । पत्रकार सम्मेलनमा द्वन्द्व पीडित सेना र प्रहरीको संख्या ४६ हजार चार सय ९० रहेको तथ्यांक समेत प्रस्तुत गरियो ।
पत्रकार सम्मेलनमा दलका सल्लाहकार प्रेमबहादुर बिष्टले आफूहरु चुनावको सम्पूर्ण तयारी गरेर प्रस्तुत भएको बताए । कार्यक्रमको सभापतित्व ललित गुरुङले गरेका थिए । कार्यक्रममा द्वन्द्वकालमा जागिर छाडेका सेना र प्रहरीको उपस्थिति थियो ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !