हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
दोहा । चितवनको गामबेसी चेपाङ संरक्षण केन्द्रमा आश्रति रहेर अध्ययन गर्दै गरेका चेपाङ बालबालिकाको लागि कतारमा रहेका चितवनेहरुले थप सहयोग प्रदान गरेका छन् । संरक्षण केन्द्रमा आश्रति ४६ जना बालबालिकाहरुको लागि ओछ्याउने गुन्द्री १० थान, प्लास्टिकको कुर्ची १० थान, त्रिपाल १ थान, इन्भर्टर र व्याट्री १-१ थान, पंखा र झुल १-१ थान सामानहरु नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष तथा चितवन युवा समूह दोहा कतारका सल्लाहकार रवि रोषीले विशेष कार्यक्रमको बीच संरक्षण केन्द्रका अध्यक्ष के.पि. किरण शर्मालाई हस्तान्तरण गरेका थिए ।
चितवन युवा समूह दोहा कतारको बिशेष पहलमा चितवन चेपाङ उत्थान सेवा समिती नामक उपसमितीका संयोजक सागर नेपालको संयोजकत्वमा गठन गरी सो रकम संकलन गरिएको थियो । हाल उक्त आश्रममा मकवानपुरको काँकडा, चितवनको विकट पहाडी गा.वि.स. सिद्धी, कोराक, काउले, लोथर र शक्तिखोरका बालबालिकाहरु आश्रति रही अध्ययन गर्दै आईरहेका छन् ।
केहि महिना अघि पनि चितवन चेपाङ उत्थान सेवा समिती दोहा कतारले संकलन गरेको रकम जुनियर रेडक्रस सर्कल दिव्यनगर तथा चितवनको शुक्रनगर गा.वि.स.मा आश्रति अनाथ बालबालिकाको लागि खाद्यान्न खरिद गरी प्रदान गरेको थियो ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !