Headlines News :
Home » » तेस्रो क्लब टिम बुद्धिचाल हुने

तेस्रो क्लब टिम बुद्धिचाल हुने

Written By Unknown on Thursday, May 23, 2013 | 12:24 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


काठमाडौं, ९ जेठ । मनमोहन स्मृति तेस्रो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिता ७ देखि १२ असारमा  ललितपुरमा हुने भएको छ । मनमोहन स्मृति चेस एकेडेमी, सानेपाको आयोजनामा र ललितपुर जिल्ला सहकारी संघको सह–प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ ।
प्रतियोगिता सात चरणको स्वीस लिग हुनेछ भने त्यसपछि उत्कृष्ट चार टिमबीच नकआउट खेल हुनेछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि रघुनाथ महर्जनको संयोजकत्वमा १५ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।
विश्व बुद्धिचाल महासंघ फिडे र नेपाल बुद्धिचाल संघको स्वीकृतिमा रेटिङसहित हुन लागेको यस प्रतियोगितामा जिल्ला बुद्धिचाल संघहरूबाट टिमको सहभागिता अनिवार्य गरिएको र क्लबले एकजना विदेशी खेलाडी सहभागी गराउनसक्ने आयोजक सदस्य तथा नेपाल बुद्धिचाल संघका सचिव हेराकाजी महर्जनले बताए ।
प्रतियोगिताको पुरस्कार राशि एक लाख तीस हजार रहेको छ  । विजेता टोलीलाई पचास हजार, उपविजयीलाई तीस हजार, तेस्रो हुनेलाई बीस हजार र चौथौलाई दश हजार रुपियाँ प्रदान गरिनेछ । त्यस्तै हरेक बोर्डमा उत्कृष्ट चार जनाले जनही पाँच हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितामा देशभरबाट ४० क्लब टिम सहभागी हुनेछन् । प्रतियोगितामा उपत्यका बाहिरबाट आउने टोलीका लागि नि:शुल्क आवासको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनार्थ चार लाख तीस हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute