Headlines News :
Home » » यस्तो छ सामसुङको ग्यालेक्सी एस ४ (साथमा तस्बिर र भिडियो)

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४ (साथमा तस्बिर र भिडियो)

Written By Unknown on Saturday, March 16, 2013 | 8:01 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


 प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ। के छ नयाँ? एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ। एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड स्लट पनि यसमा हुनेछ। फोटोमा नयाँ सुविधा स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो।

 यसैलाई ध्यानमा राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ। ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ। उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब अडिरहेको गर्न मिल्छ।

  
छुनै पर्दैन ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा अनुवाद गर्ने सुविधा भने छैन। त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा गर्न सक्नुहुन्छ। त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।


तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ। एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ। रिमोटका रुपमा मोबाइल सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ। १५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ। भिडियो हेर्नुस्-

  

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute